नागरिकको बिश्वास गुम्न दिन्नँः उपमेयर गुरुङ

पोखरा ।
पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरेली नागरिकको विश्वास गुम्न नदिने बताएकी छन् । पोखरा महानगरपालिका वडा नम्वर ३१ मा रहेको शिव गोरक्षनाथ पीठ सिद्धाश्रममा आयोजित रोठ अर्पण, गोरखनाथ बाबा ढलान बाटो उद्घाटन र निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रममा उनले पोखरेली जनताले दोसो पटक पनि उपमेयर पदमा विश्वास गरेर जिताएको बताउँदै त्यो विश्वासलाई कायम राख्ने गरी काम गर्ने प्रतिवद्धता गरिन् ।
उनले पोखा महानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उनको भनाइ छ । ‘पोखराका सबै वडामा समानुपातिक विकास हुनुपर्छ भन्ने मान्यता राखेर अगाडि बढेका छौं । त्यसैले भर्खर नयाँ बजेट ल्याएका छौं । बजेटमा हामीले पूर्वाधारलाई प्राथमिकता दिएका छौं,’ उपप्रमुख गुरुङले भनिन् । उनले अघिल्लो कार्यकालमा १ हजार ५ सय ८५ किलोमिटर सडक निर्माण गरेको जानकारी दिइन् । यस वर्ष पनि पूर्वाधारमा ४ अर्ब ५३ करोड बजेट विनियोजन गरेको उनले जनाइन् । पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गर्न यहाँका धार्मिक, सांस्कृति र पर्यटकीय क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिइन् ।
‘पोखरा पर्यटकीय सहर हो । यहाँका सम्पदा संरक्षण गर्दै पर्यटकीय आकर्षण बढाउन महानगरले काम गरिरहेको छ,’ उनले भनिन् । कार्यक्रममा पोखरा ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडा नम्बर ३१ का अध्यक्ष ढकनाथ कँडेल, नरनारायण थापा, राममणि अधिकारी, गोरखनाथ बाबा ढलान बाटो निर्माण समितिका सचिव कृष्णप्रसाद ढुंगाना, शिव गोरक्षनाथ पीठ सिद्धाश्रमका सचिव भरतप्रासद तिवारी लगायतले बोलेका थिए ।
पोखरा महानगरपालिकाको १२ लाख लागतमा २ सय ५ मिटर सडक ढलान गरिएको हो । उक्त सडक उपमेयर गुरुङले उद्घाटन गरिन् । कार्यक्रममा उपप्रमुख गुरुङ सहित वडा नम्वर ३० र ३१ का वडाध्यक्ष तथा सदस्यलाई सम्मान गरिएको छ ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया