गण्डकी विश्वविद्यालयको स्पोट्स मिटका फाइनल खेलहरु शुक्रबार हुने

पोखरा । गण्डकी विश्वविद्यालयको आयोजना गरेको इन्टर फ्याकल्टी स्पोट्स मिट अन्तर्गत फाइनलका खेलहरु भोलि हुने भएका छन् ।
फाइनलमा फुटसलमा पुरुषतर्फ विएसएम पहिलो सेमेस्टर र दोस्रो सेमेस्टर र महिलातर्फ बिएएलएलबी र बिफर्माबिच हुनेछ । पोखरा जिरोकिलोमा अवस्थित फरेष्टि फुटसल एरेनामा भएको सेमिफाइनल खेलमा विएसएम पहिलो सेमेस्टरले बिआइटी दोस्रो सेमेस्टर ७–० ले र बिएसएम दोस्रो सेमेस्टरले बिआइटी पहिलो सेमेस्टरलाई ६–१ पराजित गर्यो । महिलातर्फ बिएएलएलबी बिआइटि दोस्रो सेमेस्टरलाई २–१ ले र बिफर्माले बिबिएलाई १–० ले पराजित गर्दा फाइनलमा प्रवेश गरेका हुन् ।
रस्कासस्सीमा पुरुषतर्फ विएसएम पहिलो सेमेस्टर र बिएएलएलबी र महिलातर्फ बिएएलएलबी र बिआइटी पहिलो सेमेस्टर फाइनलमा प्रवेश गरेका छन् । यस्तै टेबलटेनिसका खेल महिला पुरुष दुवैतर्फको फाइनल खेल पनि शुक्रबार हुनेछ ।
गण्डकी विश्वविद्यालयले पहिलोपटक आयोजना गरेको उक्त स्पोट्स मिटमा विश्वविद्यालयमा अध्ययनरत ५ संकायका विद्यार्थिहरुको सहभागिता रहेको थियो ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया