ऋषिकान्त पौडेल प्रेस युनियन उपाध्यक्ष निर्वाचित
समाधान संवाददाता
२०७९ साउन ८ गते १९:४४

पोखरा ।
पोखराका पत्रकार ऋषिकान्त पौडेल नेपाल प्रेस युनियनको उपाध्यक्ष निर्वाचित भएका छन् । हेटौंडामा सम्पन्न युनियनको महाधिवेशनको आइतबार आएको नतिजा अनुसार पौडेलले ओमकार आचार्यलाई पराजित गरेका हुन् ।
युनियनमा ७ प्रदेशबाट ७ जना उपाध्यक्षको व्यवस्था छ । तर मत भने देशभरका प्रतिनिधिले हाल्न पाउने प्रावधान छ । नतिजा अनुसार पौडेलले तनहुँका आचार्यलाई पराजित गरेका हुन् । पौडेल कान्तिपुर टेलिभिजनका लागि पोखरा संवाददाता हुन् ।
महाधिवेशनबाट प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् ।
सम्बन्धित








एमालेले देशलाई गलत बाटोमा जान दिँदैन : अध्यक्ष ओली
नौलो घुम्ती नेपालद्वारा मादीमा सञ्चालित परियोजनाको अनुगमन, विद्यार्थीलाई न्यानो कपडा वितरण
जनप्रिय बहुमुखी क्याम्पस अध्यक्षमा राजेन्द्र पहारी विजयी
युआरएलमा निःशूल्क थाईराईड, सुगर र दन्त परिक्षण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया