चिन्तेकोडाँडामा वृक्षरोपण

पोखरा ।
लायन्स क्लब अफ पोखरा कालिका भ्यु टाउनले वृक्षरोपण गरेको छ । क्लबको वार्षिक कार्यक्रम अनुसार पोखरा महानगरपालिका वडा नम्बर २८ चिन्तेकोडाँडामा शनिबार वृक्षरोपण गरिएको हो ।
लायन्स क्लबका डिपार्टमेन्ट चिफ जगन्नाथ तिमिल्सिनाले कार्यक्रम सुरुआत गरे । अमला, तेजपत्ता लगायत विभिन्न ५० प्रजातिका बहु उपयोगी बिरुवा रोपिएको क्लबका अध्यक्ष श्यामप्रसाद तिमिल्सेनाले जानकारी दिए । कार्यक्रममा रिजन चेयर पर्सन देवकृष्ण काफ्ले, जोन चेयर पर्सन गोमा कार्की बास्कोटाको पनि सहभागिता थियो ।
क्लबका संस्थापक अध्यक्ष एवं डिस्ट्रिक्ट एड्भाइजर नारायणप्रसाद अधिकारी, जिएसटी कोअर्डिनेटर चन्द्रा शर्मा, डिस्ट्रिक्ट अफिसर पोषणमणि त्रिपाठी, क्लबका निवर्तमान अध्यक्ष शुक्रराज अधिकारी, प्रथम उपाध्यक्ष दिनेशबाबु खड्का लगायत कार्यक्रममा सरिक थिए । कार्यक्रम संयोजक हरिकृष्ण घिमिरले रोपिएका बिरुवाको संरक्षण्मा पनि क्लबले ध्यान दिने बताए । कार्यक्रम सञ्चालन सचिव नवीन बरालले गरेका थिए ।








‘नेपाली कांग्रेससँग अब विशेष महाधिवेशनमा जानुबाहेक विकल्प छैन’
रविको ६० लाख धरौटी आदेश सदर
सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया