‘सुकुम्बासीलाई राक्षस ठानियो’

पोखरा ।
अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले पोखरा महानगरपालिकाले सुकुम्बासीलाई दानवीय दृष्टिकोणले हेरेको जनाएको छ । संघले सोमबार महानगर कार्यालय घेराउ गर्दै सुकुम्बासीमाथि महानगरको निरन्तर पक्षपातपूर्ण व्यवहार गरेको गुनासो गरेको हो ।
मेयरले ठूला पदमा बसेर सुकुम्बासीलाई विभेद गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कास्की सचिव काजी गुरुङले बताए । ‘हामीलाई गरिखान दिइएन । हाम्रो जग्गा, जमिन खोसियो । हामीले उब्जाएको तरकारीमा बुट प्रहार गरियो,’ आन्दोलनमा सम्बोधन गर्दै गुरुङले भने, ‘यो हामीलाई सह्य छैन ।’
मेयर आचार्यको कार्यशैली न्यायचित नभएको गुरुङले औंल्याए । ‘मेयरले पोखरेली नागरिकलाई समान व्यवहार गर्नुभएन । सुकुम्बासीलाई निरन्तर फरक दृष्टिकोण हेर्नुभयो,’ उनले भने, ‘हामी सुकुम्बासीमाथि अर्कै नजर राखियो ।’ मेयरलाई ‘धनी धनराज’ भएर होइन, सेवक धनराज भएर जनताको समस्यामा गम्भीर हुन गुरुङले आग्रह गरे ।
पोखरा महानगरपालिकाले गत हप्ता पोखरा ३३ दुई पीप्लेस्थित सुकुम्बासी बस्तीका अस्थायी टहराहरु हटाएको थियो । यसको विरोधमा भएको आन्दोलनका सहभागीले बास, गाँस, कपासको ग्यारेन्टी गर, सुकुम्बासीको अधिकारको रक्षा गर प्लेकार्ड र नारासहित महानगर कार्यालयअघि प्रदर्शन भएको हो ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया