अमरसिंहमा माछापुच्छ्रे मिनी मार्ट सञ्चालन

पोखरा ।
पोखराको अमरसिहं चोकमा माछापुच्छ्रे मिनी मार्ट सञ्चालनमा आएको छ । २ दशकदेखि सुनचाँदी व्यवसायमा आवद्ध तीन दाजुभाई दुर्गा, गणेश र शिव सुनारले मार्ट खोलेका हुन् ।
कार्यक्रममा पोखरा १२ का वडाध्यक्षले सन्तोष बास्तोलाले प्रतिकूल समयमा पनि युवाले आफ्नो व्यवसायलाई फराकिलो बनाएको बतााए । मार्टले व्यापारमात्र नभएर गुणस्तरीय सेवा दिनेमा आफू विस्वस्त रहेको अमरसिंह व्यापार व्यवसायी समिति सचिव श्रीधर रानाभाटले बताए ।
मार्ट सञ्चालक शिव सुनारले नाफामुखी भन्दा पनि सेवामुखी भावले व्यवसायमा हात हालेको बताए । उनले अमरसिंह माविमा अध्ययनरत जेहेन्दार छात्र र छात्रा गरी २ जनालाई वार्षिक रुपमा छात्रवृति उपलब्ध गराउने प्रतिवद्धता गरे । करिब १ करोडको लागतमा सञ्चालनमा आएको मिनी मार्टमा घरायसीसहित खाद्यान्न पाइने अर्का सञ्चालक गणेश सुनारले बताए । कार्यक्रममा व्यवसायी डिबी भुजेल, नेपाल सुन चाँदी व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष भविन्द्र विश्वकर्मा, मार्टका सञ्चालक दुर्गा सुनार लगायतले बोलेका थिए ।








व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया