नाडा अटो एक्सपो स्थगित

समाधान संवाददाता २०७९ साउन १० गते ११:५५

पोखरा ।
आउँदो भदौ ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने भनिएको नाडा अटो एक्सपो २०२२ स्थगित गरिएको छ । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को साउन १ गतेदेखि खोल्ने भनिएकोमा सो समयावधि अझ थप गरेर भदौ १४ गतेसम्मका लागि विस्तार गर्नुका साथै १५० सिसी भन्दा माथिका दुई पांगे्र सवारी साधनहरुको आयातमा समेत थप प्रतिबन्ध लगाएपछि नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल यस्तो निर्णय गर्न बाध्य भएको छ ।

नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा मिति २०७९ साउन ८ गते काठमाडौंमा बसेको नाडाको केन्द्रीय कार्य समितिको सातौं बैठकले यस्तो निर्णय गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले सो जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया