हिन्दू राष्ट्र माग्दै महानगरको गेटमा राप्रपाको धर्ना

समाधान सम्वाददाता
राप्रपाको केन्द्रीय कार्यक्रम अनुसार राप्रपा कास्कीले पोखरा महानगरपालिकाको मुख्य गेटमा धर्ना कार्यक्रम गर्याे ।
राप्रपाको देशैभरीका नगरपालिका तथा गाउँपालिकामा धर्ना दिने कार्यक्रम अनुसार पोखरा स्थित पोखरा महानगरपालिकाको मुख्य गेटमा धर्ना दिइएको राप्रपा केन्द्रीय प्रचार विभाग सदस्य सूर्य बास्तोलाले जानकारी दिनुभयो ।
हिन्दु राष्ट्र घोषणा गर, नागरिकता वितरण ऐन २०७५ खारेज गर, राजा सहितको प्रजातन्त्र कायम गर जस्ता नारा लगाउँदै बैशाख ८ गतेसम्म राप्रपाले राखेका मागहरु सरकारले सम्वोधन नगरे राप्रपा हतियार उठाउन पनि बाध्य हुन सक्ने चेतावनी दिएका छन् ।
उक्त अवसरमा केन्द्रीय सदस्यहरु जयलाल पुन, कुल बहादुर गुरुङ कुलु, प्रदेश उपाध्यक्ष गीता गुरुङ, सचिव बरुण बिक्रम राणा, प्रदेश सदस्य नारायण गुरुङ, जिल्ला अध्यक्ष डा.महेन्द्रबहादुर कार्की लगायतका नेताहरुले देशलाई सनतान हिन्दु राष्ट्र बनाई सबै अट्न सक्ने संविधान निर्माण गरी लुटतन्त्र हटाई समृद्ध नेपाल निर्माण गर्न चेतावनी दिए ।
कार्यक्रममा केन्द्रीय सदस्यहरु रोम बहादुर भण्डारी, शिव प्रसाद चालिसे, नरहरि तिमिल्सिना, सिता खड्का, जिल्ला उपाध्यक्ष जगत प्रसाद सुवेदी, प्रदेश प्रवक्ता नवराज बसौला लगायत जिल्ला सदस्य, भातृ संगठनका नेताहरु, युवा नेताहरुको उपस्थिति रहेको थियो ।
जिल्ला सचिव हरि प्रसाद बरालले संचालन गरेको कार्यक्रममा समापन महानगर अध्यक्ष मोतिमान शाक्यले गर्नुभएको थियो ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया