सामुदायिक विकास केन्द्रको सभा

पोखरा ।
सामुदायिक बिकास केन्द्र, नेपालको १० औं वार्षिक साधारणसभा शनिबार भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले विकास केन्द्र अरु संघ, संस्थाभन्दा पृथक रहेको बताए । संस्थाले समाजमा रहेका आवास विहीनका लागि आवास निर्माण गरिदिएकोमा खुसी व्यक्त गरे ।
गाँस, बास र कपास नागरिकको नैसर्गिक अधिकार भएको बताउँदै उनले यसतर्फ राज्यले ध्यान दिनुपर्ने जनाए । राज्यबाट गर्नुपर्ने काम गैरसहकारी संस्थामार्फत हुनु सराहनीय भएको उनको भनाइ छ । राष्ट्रिय भूमी आयोग कास्की प्रवक्ता आशबहादुर गुरुङले सरकारले गर्नुपर्ने काम संस्थाले गरेको बताए । सरकारको तर्फबाट वास्तविक भूमीहीन र सुकुम्बासीहरुको लागत राख्ने काम भइरहेको उनको भनाइ छ ।
कांग्रेस नेतृ सरस्वती गुरुङले समाजमा रहेका आवास विहीनको पहिचान गरी निस्वार्थ रुपमा लाग्न आयोजकलाई आग्रह गरिन् । अध्यक्ष शिराज अधिकारीले समाजमा निम्न आए भएका आवास विहीनलाई घर मर्मत तथा निर्माणमा सहयोग गर्दै सुनाए । विना धितो, विना ब्याज संस्थामार्फत आफ्नो सम्पति बैंकमा धितो राखी निस्वार्थ आवास विहीनका लागि घर बनाएको सुनाए ।
संस्थामा आवद्ध आवास विहीनको निशुल्क स्वास्थ्थ बिमासमेत गरिएको सचिव गायत्री फुयालले बताइन् । कार्यक्रममा उपाध्यक्ष संगीता पौडेल, पोखरा १५ का वडा सदस्य सेतीमाया गुरुङ, सल्लाहकार रामचन्द्र ढुंगाना, सदस्य गोर्कण तिवारी, कमला थापा, प्रेमप्रसाद बराल लगायतले बोलेका थिए ।









तथ्यांक दिवस मनाइयो
समानुपातिकमा गण्डकी उपेक्षित
ङयोए तमु धिमा १ करोडको सभाहल
कसले मार्ला बाजी ?
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया