देशभरमै पोखरामा सबैभन्दा धेरै वर्षा, खतराको सीमा नाघ्यो

पोखरा ।
पछिल्लो २४ घन्टामा देशभरमै सबैभन्दा धेरै पानी पोखरामा परेको छ । जल तथा मौसम विज्ञान विभागले पाेखरामा सबैभन्दा धेरै पानी परेको जनाएको छ ।
मौसम विभागको वेबसाइटमा पोखरा क्षेत्रलाई रातो संकेत सहित खतरामा रहेको जनाइएको छ । पछिल्लो २४ घण्टामा पाेखराको लामपाटनमा सबैभन्दा धेरै ३३४.६ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।
२४ घन्टाभित्र १४० मिलिटर वर्षा हुनुलाई खतरा मानिन्छ । तर त्यसको दोब्बरभन्दा धेरै पानी परेको रेकर्ड लामपाटनमा मापन भएको छ । यहाँ १२ घण्टामै ३१३ मिलिमिटर पानी परेको छ । १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।
कास्की पछि देशमा सुनसरी, चितवन र झापामा धेरै वर्षा भएको छ । चितवनको शक्तिखोरमा २४ घण्टामा १९५.६ र १२ घण्टामा १८२.६ मिलिमिटर, इटहरीको तरहरामा २४ घण्टामा १७२ मिलिमिटर र झापाको दमकमा १२ घण्टामा १२०.४ मिलिमिटर वर्षा मापन भएको छ ।
पोखराको लेकसाइडमा पहिरोले पुरेर आइतबार राति १ जनाको ज्यान गइसकेको छ । २ जना घाइते भएका छन् । पोखरा १३ कमलपोखरी क्षेत्रमा सयभन्दा बढी घर जलमग्न भएका छन् ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया