महानगरका मेयरहरु अन्नपूर्ण केबलकारमा
समाधान संवाददाता
२०७९ साउन १६ गते १३:२९

पोखरा ।
काठमाण्डौंका मेयर वालेन शाहसहित नेपालका ६ वटा महानगरका मेयरले पोखराको अन्नपूर्ण केबलकारको अवलोकन गरेका छन् । पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा काठमाडौंका मेयर बालेन शाह, बिराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेणु दाहाल, ललितपुरका मेयर चिरिबाबु महर्जन र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले केबलकार अवलोकन गरेका हुन् ।
हालै निमार्ण भएको यो केबलकार व्यवसायिक रुपमा गत फागुन ६ देखि सञ्चालनमा आएको हो । मेयरहरुलाई तल्लो स्टेसन हुँदै माथिल्लो स्टेसनसम्म पुर्याइएको प्रालिका जनरल म्यानेजर दिनेश पौडेलले बताए । माथिल्लो स्टेसनमा भने पोखरा महानगरपालिका वडा नम्बर १८ र स्थानीयले मेयरहरुको टोलीलाई बाजागाजासहित स्वागत गरेका थिए ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया