काभ्रेभीर सडकमा सुख्खा पहिरो,सवारी आवागमन पूर्ण रुपमा बन्द

जोमसोम– म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीर सडकमा भिषण सुख्खा पहिरो गएको छ । बेनी–जोमसोम ७६ किमी सडकको काभ्रेभीर सडकमा सोमबार बिहान करिव ११ बजे भीषण पहिरो गएको मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।
काभेभीर सडकको सीमाना नजिक पैरोथाप्ला जाने झोलुङ्गे पुल देखि उत्तरतर्फ करिव ५ सय मिटर मुस्ताङ तर्फको सडकमा सुख्खा पहिरोले सडक पुरिएको हो । सांसद तुलाचन बिहान ११ बजेतीर गएको सुख्खा पहिरो अझै पूर्ण रुपमा नरोकिएको बताए ।
म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा सुख्खा पहिरो गएपनि कालिगण्डकी नदी फराकिलो स्थानमा भएकाले कालिगण्डकी नदी थुनिने खतरा नरहेको सांसद तुलाचनले उल्लेख गरे ।काभ्रेभीर सडक माथिबाट ठुलो चट्टान र माटो सहित पहिरो खसेको उनले बताए । सुख्खा पहिरोले सडक अवरुद्ध भएको छ, अझै पहिरो खस्दैछ ,उनले भने,अब एक साता बढी सडक खुलाउन नसक्ने अवस्था छ ।’
यस्तै, बेनी–जोमसोम कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतीले काभेभीरमा भिषण पहिरो गएपछि सडक अवरुद्ध भएको बताए । उनले सडक सचारु गराउन केही दिन लाग्नसक्ने बताए ।
यसअघि मुस्ताङको थासाङ गाउँपालिका–३ कैकु खोलामा बाढीले सडक क्षति हुँदा सडक अवरुद्ध भएको थियो । कैकु खोलामा सडक अवरुद्ध भएकाले म्याग्दीबाट काभ्रेभीर हुँदै सवारी माथि जान पाएका थिएनन् । सुख्खा पहिरोले कुनै मानवीय तथा अन्य धनजनको क्षति नभएको आयोजना प्रमुख प्रजापतीले बताए ।





जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया