बाढीले अर्घौंचोकका पसलमा क्षती
समाधान संवाददाता
२०७९ साउन १६ गते १७:१०

लेखनाथ ।
आइतबार राती देखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं २७ को अर्घौचोकका विभिन्न पसलहरुमा बाढीको पानीले क्षती पुर्याएको छ । रातीको समयमा विजयपुर नहरमा पानीको बगाव बढेपछि उत्त ठाउको बिशाल एग्रोस्टोर र सापकोटा बेकरीमा क्षती पुगेको हो ।
बाढीका कारण नहर थुनिएर पसल भित्र हिलो पानी पस्दा बिशाल एग्रोस्टोरमा करिव चार लाख वरावरको क्षती भएको संचालक विष्णु प्रसाद लामिछानेले जानकारी दिएका छन् । सापकोटा बेकरी भित्र पानी पस्दा डोकेरेसन सहित फ्रिजहरुमा क्षती पुगेको संचालक बेल प्रसाद सापकोटाको भनाई रहेको छ ।
बाढी पिडितहरुलाई अर्घौ बजार ब्यवस्थापान समिति,लायन्स क्लव अफ लेखनाथ सेभेन लेक सिटी,लेखनाथ उद्योग बाणिज्य संघ र डाडाकोनाक प्रहरीचौकीको सहयोगमा बाढी नियन्त्रण एवंम सरसफाईमा सहयोग पुर्याएका थिए ।
सम्बन्धित









तथ्यांक दिवस मनाइयो
समानुपातिकमा गण्डकी उपेक्षित
ङयोए तमु धिमा १ करोडको सभाहल
कसले मार्ला बाजी ?
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया