कोभिडपछि मुक्तिनाथमा भव्य ‘यार्तुङ’ मेला लाग्ने

समाधान संवाददाता २०७९ साउन १७ गते १०:४०

जोमसोम–मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बस्ने गुरुङ समुदाय मुख्य पर्व हो यार्तङ पर्व ।यसो त यो पर्व उपल्लो मुस्ताङमा पनि मनाईने गरिएको पाईन्छ ।बर्खायामको समयमा स्थानीय उत्पादन उवा,जौ र गहु लगायतका अन्नबाली घरमा थन्क्याएपछि परम्परागत यार्तुङ पर्व मनाउने चलन छ ।
स्थानीय भाषामा यारको अर्थ हो बर्खा र तुङको अर्थ हो मेला ।बर्खायाममा खेतीपातीको कामकाज सकेर फुर्सिदिलो महिनामा वारागुङ मुक्तिक्षेत्रमा यार्तुङ पर्व मनाउने चलन छ । तर यस पर्व मनाउँदै वारागुङ मुक्तिक्षेत्रका १९ वटा गाउँहरुमा फरक फरक मितिमा गाउँ÷गाउँमा अलग÷अलग यार्तुङ पर्व मनाउने चलन छ ।
यार्तुङ पर्वमा मिठो÷मिठो परिकार बनाएर खाने,राम्रो लगाउने, छरछिमेक र आफन्त भेला हुने ।परम्परागत घोडा दौडाउने र आपसमा नाँचगान गरी यार्तुङ पर्व मनाईन्छ । पर्वमा स्थानीयहरु भौलिक भेषभुषामा प्रस्तुत भई स्याब्रो नाचगान गर्छन ।
तर ,वारागुङ मुक्तिक्षेत्रमा आ÷आफ्नै प्रकारले यातुङ पर्व मनाईने गरिएको भएपनि मुक्तिनाथको पुराङ रानीपौवा स्थित जनप्रिय युवाक्लवले यार्तुङ पर्वलाई यातुङ मेलाको रुपमा सञ्चालन गर्ने गरेको पाईएको छ । यसअघि कोरोना कहरका कारण मेलाको रुपमा आयोजना हुन नसकेको मुक्तिनाथ यार्तुङ मेला यसपटक भब्यतापूर्वक सम्पन्न गर्ने तयारी जनप्रिय युवाक्लवले गरेको क्लवको सचिव छिरिङ नर्बु गुरुङले जानकारी दिए ।
कोरोना कहरको बेला परम्परा जोगाउन सामान्य रुपले यार्तुङ पर्व मनाईएको थियो । कोरोना कहरको जोखिम हटेकाले क्लवले यसपटक यार्तुङ मेलाको भव्य तयारी गरेको हो । बर्सेनि साउन महिनामा मेला सञ्चालन हुँने मुक्तिनाथ यार्तुङ मेला यसवर्ष साउन २३ देखि २७ गतेसम्म पुराङ रानीपौवा बजारमा हुँने क्लवले जनाएको छ ।
‘मुक्तिनाथको दर्शन गरौ,यार्तुङ मेलामा रमाऔं’ भन्ने सन्देशसहित क्लवले सेभेन ए साईड फुटबल,तारा खेल ,डोरी तान्ने खेल र साहसिक घोडा दौड प्रतियोगित सञ्चालन हुँने जनाईएको छ । हिमाली कलासंस्कृति र धार्मिक सम्भयता र जीवनशैली पस्किदै पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले क्लवले यार्तुङ मेला आयोजना गरेको क्लवका सचिव गुरुङले बताए । यार्तुङ मेलाको मुख्य आर्कषर्ण हो साहसिक घोडा दौड प्रतियोगिता । वारागुङको झारकोट देखि मुक्तिनाथ रानीपौवासम्मको करिव ३ किमी दुरीमा घोडा दौड प्रतियोगिता हुने गर्छ । यसका अलावा प्रतियोगिता नभई स्वत स्फुर्त रुपमा रानीपौवा बजारमा घोडा दौडाउने गरिन्छ । तीब्र गतिमा घोडा दौडाएर जमिनमा राखिएका खाँदा टिप्नेलाई स्थानीय र दर्शकले नगद र खाँदा लगाएर सम्मान गर्ने गरिन्छ । निकै जोखिमपूर्व साहसिक घोडा दौड हेर्न मुस्ताङीहरु मुक्तिनाथ रानीपौवामा जाने गर्छन ।

यार्तुङ मेलामा विभिन्न खेल प्रतियोगिताको साथमा विविध मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम आयोजना हुने बताईएको छ । । यसका लागि यसपटक जनप्रिय युवक्लवले चर्चित गायिका मिलन नेवारलाई मुस्ताङमा ल्याउने भएको छ ।मिलनले यार्तुङ मेलाको सांस्कृतिक कार्यक्रममा आफ्ना गितहरु गाउने छिन् ।
यस्तै,मुस्ताङका यूवाहरुको मनोभावनालाई आत्मसाथ गर्दै क्लवले नाईट कन्सर्ट आयोजना गर्दैछ । क्लवले वाङदेन शेर्पा,राजु गुरुङ,मिना,आमालिया र डिजे तेन्जिङलाई मुस्ताङमा आमन्त्रण गरेको मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए ।
जनप्रिय युवाक्लवको आयोजनामा हुने यार्तुङ मेलामा वारागुङ मुक्तिक्षेत्रले विशेष सहयोग गर्नेछ । नपाल पर्यटन बोर्डको प्रर्वद्धन र गोर्खा ब्रुअरी,लो मुस्ताङ हिमालयन रिसोर्ट,चिल्मे अचार्ड ढुम्बा र स्थानीय विकास एवं स्थानीय संरक्षण समितिले यार्तुङ पर्वलाई प्रायोजन गर्ने भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया