लेंकमा संकास्पद वस्तु खाेल्दा पड्किएर ४ युवा घाईते

जोमसोम–जिम्बु टिप्ने क्रममा संकास्पद वस्तु समात्दा म्याग्दीका ४ युवा घाईते भएका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङ माथिको प्याङ भन्ने उच्चलेंकको ओढारमा मंगलबार बेलुका करिव ५ बजेतीर जिम्बु खोज्न जाने क्रममा संकास्पद वस्तु फेला परेको हो । त्यसलाई के रहेछ भनी खोल्ने क्रममा अचानक पड्किएर ४ जना यूवा घाईते भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
संकास्पद वस्तु पड्किएर म्याग्दीको मालिका गाउँपालिका –३ का २२ वर्षीय रेस रोक्कामगर, १९ वर्षीय टिका बुढामगर,२५ वर्षीय तेजेन्द्र रोक्कामगर र २५ वर्षीय दिलिप रोक्कामगर घाईते भएको मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्माले जानकारी दिए । प्रजिअ शर्माका अनुसार वारागुङको तेताङ लेंकमा जिम्म टिप्न गएका यूवाहरु बिस्पोट पदार्थ पड्किएर घाईते भएको र उनहरुलाई जोमसोम अस्पतालबाट थप उपचारका लागि पोखरा रिफर गरिएको जानकारी दिए ।
जिम्बु टिप्न गएका यूवाहरु अचानक घाईते भएर जोमसोम अस्पतालमा ल्याएपछि वारागुङ प्रजिअ शर्मासहित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नाम्गेल गुरुङ र सुरक्षाकर्मीको टोली अस्पताल पुगेको थियो । घाईतहरुको थप उपचार गर्न म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले गाडीको समन्वय गरेको प्रजिअ शर्माले बताए । । यस्तै,घाईतेका बाटो खर्चका लागि वारागुङ मुक्तिक्षेत्रले नगद २० हजार रुपैया आर्थिक सहयोग गरेको प्रजिअ शर्माले जानकारी दिए ।
जिम्बु खोज्ने क्रममा बम पड्किएर घाईते भएका मध्ये सुरेश मगरको दुबैतर्फको हातको औलामा क्षति पुगेको छ । उनको बाँयातर्फको हातको ३ वटा औला समेत नरहेको अस्पतालले जनाएको छ ।रेश रोक्कागमरको दुबै खुट्टाको घुडाँको तलको भाग जलेको छ । यस्तै,टिका बुढामगरको गर्दन र बायाँ खुट्टा जलेको छ भने दिलिप रोक्कामगरको अनुहारदेखि तलसम्मको भाग बिस्पोट पड्किएर जलेको अस्पतालका डाक्टर कुन्दन कर्णले जानकारी दिए ।
यता ,जिल्ला प्रहरी कार्यालय मुस्ताङले जिम्बु खोज्न जंगल गएका युवाहरु बिस्पोटक पदार्थ पड्किएर घाईते भएपछि बुधबार बिहानै ईलाका प्रहरी कार्यालय छुसाङमा कार्यरत प्रहरी ईञ्चार्ज प्रहरी नायव निरीक्षक पदम् राना,प्रहरी हवल्दार प्रकाश दराई र प्रहरी जवान कृष्ण थापाको टोली थप अनुसन्धानका लागि घटनास्थलतर्फ प्रस्थान गरेको जनाएको छ । प्रहरीको टोलीसंग घटना स्थल पहिचान गर्न जिम्मे टिप्ने अन्य ४ जना युवाहरु पनि घटना स्थलमा जादै गरेको सूचना अधिकारी प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया