गण्डकी प्रदेशका मुख्यमन्त्री पोख्रेललाई खुला पत्र !

आर के पोखरेल २०७९ साउन १९ गते १४:०१

माननीय मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोख्रेल ज्यु हार्दिक अभिवादन !

प्रदेश सरकार कस्तो चलिरहेको छ ? तपाईंको नेतृत्वमा प्रदेश बासिले के महसुस गरे,जनताले तपाईं र तपाईंले नेतृत्व गरेको सरकारबाट के अपेक्षा गरेका होलान् ? हिजो तपाई प्रतिपक्षीमा बस्दा उठान गरेका प्रश्नहरु आज समाधान गर्न सकियो कि सकिएन ? वडा सरकार भयो कि पारिवारिक सरकार भयो ? प्रदेशको विकास र समृद्धिका लागि तपाईंको योगदान के रह्यो ?संघीयता भनेको के हो ? संघीयता बलियो बनाउन तपाईंको भुमिका रह्यो कि रहेन ? सत्ता बाहेक, गठबन्धन बाहेक यो प्रदेशमा तपाईंको नेतृत्व रहदा बाच्न पाउने अधिकार होला कि नहोला ?

हिजो वकालत गर्दै गर्दा पीडितको न्यायको पक्षमा बोल्ने वकालत गर्ने मान्छे तपाईं आज आफै मुख्यमन्त्री बन्दा गण्डकीवासीले, प्रदेशवासीले न्याय पाए कि पाएन्न ? गठबन्धन भन्दा बाहेक पनि जनता होलान् कि नहोलान् ? सत्ता बाट कुनै दिन बाहिरिनुपर्छ भन्ने महसुस छ वा छैन तपाईंलाई ? यी र यस्ता यावत् प्रश्नहरु तपाईंको नजिकै बसेर सोध्न मन छ मलाई तर मलाई तपाईंले दिने उत्तर हुन सक्छ बिरोधिको काम बिरोध गर्ने मात्रै त हो भनेर ?

Advertisement

म तपाईंप्रती हिजो निकै सम्मान गर्ने मान्छे हु र म जस्ता हजारौंले तपाईंलाई सम्मान गर्ने गर्थे हिजो ! भलै तपाईंको र मेरो राजनीति आस्था फरक हो तरपनी हामिहरु तपाईंबाट केही सिक्नुपर्छ भन्दै थियौं किनकी तपाईंले सत्ता बाहिर रहदा सम्म नैतिकताको राजनीति गर्नुहुन्छ भन्ने लागेकै थियो । मुख्यमन्त्री ज्यु, तपाईंले प्रदेश सभामा बोल्नुभएको हामी गेट बाहिर पारिवारिक ट्रष्ट खारेजीको नारा घन्काउदैं गर्दा पनि सुनिरहेकै थियौं मैले त झन् दोहोर्‍याएर सुने, तपाईं बाट हिजो धेरै कांग्रेसि मात्रै होइन नेपाली राजनीतिमा प्रवेश गर्नेले पनि केही सिकुन भन्ने लागेकै थियो !

तपाईं प्रतिपक्षी दलको नेता हुँदासम्म नैतिकवान हुनुहुन्थ्यो । सबैको साझा व्यक्ति नितिगत र निस्ठावान हुनुहुन्थ्यो भन्ने लाग्दैथियो तर तपाईंको निष्ठा,तपाईंको नैतिकता अवसर नपाउंदा सम्मको लागि मात्रै रहेछ भन्ने कुरा हालको बजेट मार्फत त झनै छलर्ङ बनाईदिनुभएको छ तपाईंलाई धेरै धेरै धन्यवाद छ भ्रममा रहेका हामिलाई छिटो चिनाई दिनुभएकोमा । धन्यवाद छ धेरै समय भ्रममा नराख्नुभएकोमा ।

Advertisement

मुख्यमन्त्री ज्यु !
हिजो पृथ्वीसुब्बा गुरुङको सरकारको प्रतिपक्ष हुँदा तपाईं र आज सत्तापक्ष हुँदाको तपाईं एकपटक सम्झिनुहोस त ! ए साँच्चै तपाईंको मन्त्रीपरिषदमा कति सदस्य हुनुहुन्छ रे ? ठिकै छ त्यो जानकारी लिदैँ गरौला नै , प्रदेश सभामा हजुरले धेरै पटक स्वर्गिय पिता जि को नाम लिनुभयो थियो गोवर्धन पोख्रेल सबैको साझा हुनुहुन्छ नै यसमा शंका छैन तर तपाईं त गोवर्धनको छोरा हो नि र अर्को कुरा तपाईं उहाँको पुत्र मात्रै संझनुभएको हो भने कमजोरी त्यही नीर भयो तपाईं गण्डकी प्रदेशको मुख्यमन्त्री पनि हुनुहुन्छ नि ?

कि गण्डकी प्रदेशका सबै परिवर्तनको आन्दोलनको ऐतिहासिक बिरासत बोकेका स्वर्गीयहरुको नाम तपाईंलाई कण्ठ भएन ? अन्य जिल्लाको त तपाईं अनविज्ञ नै हुनुभो होला तर तनहुँका हिजोको मुक्ती आन्दोलनमा एकदेव आलेको योगदान कम रहेको तपाईंको एकल ठहर हो ? अर्को कुरा पारिवारिक ट्रस्टवाला सरकार नै बनाउने कार्यको अगुवाई गर्न तपाईंलाई अलिकति पनि दहकस लागेन है ? पारिवारिक सरकार पारिवारिक ट्रस्ट क्या छ है ?

संघियतालाई बलियो बनाउनुपर्ने समयमा प्रदेश सरकार दैलोको सरकार हो यहि दैलोको सरकारले यो रमिता गरेपछि के होला संघीयता ? कि अब पालो आउदैन होला भन्ने पुर्वानुमानले कार्य गरेको होला ? संघ सरकार भन्दा लुटतन्त्रमा तपाईं नेतृत्वको प्रदेश सरकार एक कदम अगाडी नै पुग्यो नि ? अझै ६/६ महिनामा सवारी साधनको नवीकरण गर्नुपर्ने तपाईंको सरकारले ल्याएको बाध्यकारी नियम ? अजिव छ नि ? मुख्यमन्त्री ज्यु जनतालाई ब्रम्ह लुट गर्न अलिकति पनि शर्म लागेन है ? क्या छ नि हामिकहाँ राजनीति पनि ?
दैलोको सरकारको क्रान्तिकारि कदम ?

मुख्यमन्त्री ज्यु !
संघीयतालाई बलियो बनाउन गणतन्त्रको रक्षा गर्ने काम तपाईंको सरकारको काम होइन रु हाल तपाईं नेतृत्वको सरकारले गरेका कार्यले संघीयता बलियो बनाउन लागेको छ कि भत्काउन ? संघीयता चाहिदैंन भन्ने आवाजहरु बहसका रुपमा जवर्जस्त आईरहेको छ । यसको कारण खोज्नुभएको छ त ? तपाईं नेतृत्वको सरकारले महानगरको एउटैमात्र वडामा कति सम्म बजेट हाल्नुभयो नि ? प्रदेश सरकार कि वडा सरकार भन्ने अब ? गण्डकी प्रदेशमा ११ वटा जिल्लाहरु छन् भन्नेकुराको जानकारी लिनुभएकै छ नि ?

मुख्यमन्त्री ज्यु !
नेपाली राजनीतिक आन्दोलनमा लामो समय खर्चिनुभएको छ । अब रह्यो बजेटका निर्माणका आफ्नै नीति विधि र सिद्धान्त हुन्छन् नै यो विषय पारिवारिक ट्रष्टमा रकम हाल्नुभन्दा अगाडी हजुरलाई कसैले जानकारी गराउन सकेनन् ? सरकारले पेस गरेको बजेट आज फिर्ता होइन ( होइन अनि भोलि थप भन्न र गर्न मिल्ला र रु कि गठबन्धन सरकार हो जे गरेपनी हुन्छ भन्ने होला ?

मुख्यमन्त्री ज्युको प्रदेश सभाको गत असार २८ गतेको संम्बोधन बजेट नै फिर्ता हो कि ? फिर्ता हो भने नयाँ बजेट कहिले आउँछ ? होइन कार्यक्रम फिर्ता हो भने संशोधन नगरिकन बजेटमा पेश भएको कुरा फिर्ता होला ? म नै राज्य हुँ , राज्य नै म हुँ भन्न खोजीएको हो भने हार्दिक सादुभाव छ । होइन भने सरकारले बजेट संशोधन कहिले सदनमा पेश गर्छ त ? प्रदेश सरकारको यस्तै हर्कतका कारण गणतन्त्र आज खतरामा छ,संघीयता खतरामा छ ? संघीयतालाई नै खतराको घण्टी बजाउने तपाईं र तपाईं नेतृत्वको प्रदेश सरकार लाई जनताले स्याबासी देला त ?

प्रदेश सरकार बिकास तिर छ कि बिनास तर्फ सोच्नुहोस, गणतन्त्रको रक्षा गर्दै संबिधानको कार्यान्वयन नै आजको मुख्य कार्य हो संघीयता बचाउने तर्फ लाग्ने कि मुख्यमन्त्री ज्यु !
आगे आपका मर्जी ?

तपाईको प्रतिक्रिया