गण्डकी बहुप्राविधिकमा थपिए ४ विषय

पोखरा ।
गण्डकी बहुप्राविधिक शिक्षालयले वन विज्ञान (फरेस्ट्री), बायोमेट्रिक इन्जिनिरिङ, डिप्लोमा इन फार्मेसी र हेल्थ असिस्टेन्ट (एचए) अध्यापन गर्ने अनुमति पाएको छ । स्थापनाको २ वर्षपछि शिक्षालयले थप ४ विषय अध्यापन गर्ने अनुमति पाएको हो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को यही साउन १५ गते बसेको बैठकले शिक्षालयलाई थप ४ विषय अध्यापनको अनुमति दिने निर्णय गरेको थियो । यो शिक्षालय पोखरा महानगरपालिकाले चलाएको हो । शिक्षालयले डेढ वर्षअघि यी विषयमा अध्यापन अनुमति माग्दै सिटिइभिटी परिषदलाई पत्राचार गरेको थियो ।
शिक्षामन्त्री देवेन्द्र पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष पहलमा अध्यापन अनुमति प्राप्त भएको शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए । अब यी विषयमा विद्यार्थीले सर्वसुलभ शुल्कमा अध्ययन गर्न पाउने अपेक्षा गरिएको छ ।
शिक्षालयका निर्देशक तिमिल्सिनाले शिक्षालयको शुल्क निजी क्षेत्रका शिक्षालयभन्दा निकै कम हुने जनाए । शिक्षालयले फार्मेसी र एचएको शुल्क भने तोकिसकेको छैन । शिक्षालयले पहिलो वर्ष फरेस्ट्री र बायोमेट्रिक इन्जिनिरिङ अध्यापन सुरु गर्ने भएको छ । फार्मेसी र एचए भने अर्को वर्षदेखि अध्यापन गर्ने शिक्षालयको तयारी छ ।
शिक्षालयले अहिले डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ र डिप्लोमा इन जियोम्याटिक इन्जिनियरिङ अध्यापन गराइरहेको छ । यी तीनै विषयमा ४८ जनाको कोटा स्वीकृत भए पनि शिक्षालयले डिप्लोमा इन सिभिल इन्जिनियरिङमा ४८ जना र अरु २ विषयमा २४ जना विद्यार्थी भर्ना लिने गरेको छ ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया