पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेद्वारी दिने पोखरेलको घोषणा

समाधान संवाददाता २०७९ साउन २२ गते ११:०३

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष अर्जुन पोखरेलले आगामी महाधिवेशनमा संघको अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । उनले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

साधारण सदस्य र विभिन्न पदमा रहेर गरेका कामको अनुभवबाट आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराए । अग्रज, समकालीन र अनुजहरुसँग सल्लाह गरे पश्चात यो घोषणा गरेको पोखरेलले बताए । उनले सबै उद्योगी, व्यवसायीलाई समेटेर संघको नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पोखरेल अहिले संघको वाणिज्य तर्फका उपाध्यक्ष छन् । उनी कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव हुँदै वाणिज्य उपाध्यक्ष बनेका हुन् । पोखराको निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेसन यही भदौ २४ र २५ गते हुँदै छ ।

Advertisement

तपाईको प्रतिक्रिया