कृष्ण प्रणामी मन्दिरमा बितक चर्चा
पोखरा ।
पोखरामा श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम जारी छ । पोखरा ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरको आयोजनामा साउन २ देखि कार्यक्रम सुरु भएको हो । कार्यक्रम भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिनेछ । कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले संगीतमय कथा प्रवचन गरेका छन् ।
‘धार्मिक तथा आध्यात्मिक जागरणका लागि कार्यक्रम महत्वपूर्ण रहने मन्दिरका अध्यक्ष पुरुषोत्तम रेग्मीले बताए । उनले भने, ‘कार्यक्रममा सहभागी भएर पुण्यलाभ गर्न अनुरोध गर्दछौं ।’ कार्यक्रम हरेक दिन बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ । दैनिक करिब ३ सय भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । हालसम्म ६ हजार बढी भक्तजनले कार्यक्रममा सहभागिता जनाएको मन्दिरका सचिव देवीप्रसाद खतिवडाले जानकारी दिए ।
मन्दिर स्थापना काल २०४८ सालदेखि नै वर्सेनि कार्यक्रम गर्ने गरिएको छ । यो ३१ औं कार्यक्रम हो । साउन २७ गते रक्षबन्धनका दिन विशेष कार्यक्रम हुने तय छ ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया