पोखरामा पटके एटिएम चोर पक्राउ

पोखरा ।
पोखरामा यति बेला बैंकको एटिएम मेसिन फोडेर चोरी हुँदाको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । त्यो भिडियो हेर्दा लाग्छ, चोरी गर्न सबैभन्दा सजिलो बैंकका एटिएम हुन् । चोरीको भिडियो भाइरल भइरहेको अवस्थामा पोखराको फेरी शुक्रबार बिरौटाको एनआइसी बैंकको मेसिन चोर्ने प्रयास भयो ।
तर, चोरी गर्दै गर्दा जिल्ला प्रहरी कार्यालय कास्कीले पर्वत कुश्मा नगरपालिका वडा नम्बर ३ बस्ने २३ वर्षीय कृष्ण बहादुरलाई पक्राउ गर्यो । उनी यसभन्दा अगाडि नै माछापुच्छ्रे बैंकको एटिएम मेसिन चोरी गरेर कैद भुक्तानी गरिसकेको व्यक्ति व्यक्ति हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीका अनुसार उनले गत वर्ष माघ ८ गते माछापुच्छे« बैंकको एटिएम मेसिन चोरी गरेपछि कास्की जिल्ला अदालतले ३ महिना पुर्पक्षका लागि पठाएको थियो । अदालतले तोकेको ३ महिने कैद भुक्तानी गरेर उनी वैशाखमा छुटेका डिएसपी तिवारीले बताए । फेरी शुक्रबार एनआइसी बैंको मेसिन चोरी गर्दै गरेको अवस्थामा उनलाई कास्की प्रहरीले पक्राउ गरेर ७ को म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी तिवारीले बताए ।
जिल्ला अदालतले कृष्णलाई १ लाख धरौटी बुझाउन नसक्दा पुर्पक्षमा गएको थियो । अदालतबाट मुद्दा फैसला हुँदा तोकिएको कैद भुक्तानी गरेपछि कृष्ण बैशाखमा जेलबाट निस्केका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया