पोउवा संघको अध्यक्षमा पवन र अर्जुनको उम्मेदवार घोषणा

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले आगामी महाधिवेशनमा संघको अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
उनले सोमबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । उद्योग बाणिज्यसंघमा दुई कार्यकाल कार्यसमिति सदस्य, कोषध्यक्ष, उपाध्यक्ष, हुर्दै पजापति हालसंघको बरिष्ठ उपाध्यक्ष हुन् । उनले आफूले १० वर्षदेखि विभिन्न पदमा बसेर काम गरिसकेकाले यसपटक अध्यक्षमा उम्मेदवारी दिएको बताए ।
‘सम्पूर्ण उद्योगी व्यवसायीहरुमा अभिवादन टक्राउर्दै, पोखरा उद्योग बाणिज्य संघको आसन्न ३४ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी छु,’ उनले सामजिक सञ्जालमा लेखेका छन् । सञ्जालबाटै सबै उद्योगी व्यवसायीहरुको नेतृत्व गरेर सबैको हक हितमा काम प्रतिवद्धता प्रजापतिले गरेका छन् । ‘हालसम्म विभिन्न पदमा रहेका काम गर्ने अवसर दिएकोमा म अमुल्य सम्पतीको रुपमा ग्रहण गरेको छु । यसै जगमा उभिएर मेरो कार्यक्रम र टिमको सार्वजनिक पत्रकार सम्मेलन गरेर केही दिनमा सार्वजनिक गर्ने छु,’ उनले लेखेका छन् ।
पोखराको निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेसन आउँदो भदौ २४ र २५ गते हुँदै छ आइतबार नै संघको अध्यक्षमा अर्जुन पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । प्रजापति र पोखरेल यसअघि कांग्रेस निकट प्यानलबाट निर्वाचित भएका थिए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया