हीरक जयन्तीलाई लक्ष्य गरी विन्ध्यवासिनी माविमा र्याली

पोखरा l
पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरक जयन्तीलाई केन्द्रीत गरी बिहीबार पोखरामा र्याली निकालेको छ । विभिन्न ५ वटा समूहमा विभाजित र्याली केआइ सिंह पुलबाट सुरू भई दीप, अमरदीप, चण्डीका, मध्यम पथ, लामाचौर, अमला बिसौनी, चमेरे गुफा, महेन्द्र गुफा, संगम चोक हुुँदै मैदान चोकमा पुगेर सकिएको थियो ।
र्यालीमा सहभागी शिक्षक, कर्मचारी तथा विद्यार्थीले साउन २९ गतेको पुनर्मिलन र ३१ गतेको मुल समारोहमा सहभागी हुन निम्तो दिएका थिए । कार्यक्रममा सहभागीलाई शिक्षक कर्मचारी विद्यार्थी समन्वय उपसमितिका संयोजक खिमलाल अधिकारी, समूहगत संयोजकहरू ईश्वर खड्का, लालकुमारी थापा, महेन्द्रप्रसाद पौडेल, माधव अधिकारी, मानबहादुर केसी र शिशिर पौडेलले सहभागीलाई धन्यवाद दिएका थिए ।
हीरक जयन्ती मुल समारोह समितिले साउन २९ गते भूपू विद्यार्थी, कर्मचारी, शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघबीच पुनर्मिलन र ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीको आतिथ्यतामा नवनिर्मित ३२ कोठे पक्की भवन उद्घाटन तय छ ।
समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताइन् । २००४ सालमा स्थापना भएको यो विद्यालयमा हाल १ हजार ३ सय विद्यार्थी छन् । शिक्षा मन्त्रालयले गरेको विभिन्न मापनका आधारमा देशभरका सामुदायिक विद्यालयमध्ये यो उत्कृष्ट ५ मा पर्न सफल भएको छ ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया