भिभो स्मार्टफोन बजारमा शीर्ष स्थानमा

समाधान संवाददाता २०७९ साउन ३१ गते १७:४९

काठमाडौं ।
काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ । मोर ग्लोबल तथा मोर लोकल अवधारणालाई पछ्याउँदै भिभोले स्थानीय संस्कृतिलाई राम्रोसंग बुझेर विश्वव्यापीरुपमा विस्तार गरिरहेको छ । हाल, भिभोले ६० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ ।

Advertisement

सन् २०२२ को दोस्रो त्रैमासिकको सेल्स परिणामको बारेमा कुरा गर्दै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भिभोको विविध पोर्टफोलियोले ब्राण्डलाई आफ्नो नेतृत्व कायम गर्दै राम्रो बजार हिस्सा ओगट्न मद्दत गरेको छ । ब्राण्डले सकारात्मक सन्देश र नवीन क्षेत्रीय रणनितिद्वारा यो गति हासिल गरेको हो । विशेष गरी युवा ग्राहकहरुबाट ब्राण्डले बजेट फ्रेन्डली खण्डमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।’

Advertisement

तपाईको प्रतिक्रिया