स्याङजाको बाडखोलामा टिभिएसको नयाँ शो रुम सञ्चालन

काठमाडौं ।
नेपालमा टिभिएस टू ब्हिलरको एकमात्र वितरक जगदम्वा मोटर्सले स्याङजाको बाडखोलामा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।
नयाँ शोरुममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनिका एजिम राजेश शर्माले टिभिएस ग्राहकहरुलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको बताए । ग्राहकहरुलाई थप प्रभावकारी र छिटोछरितो रुपमा सेवा दिन नयाँ सुविधाहरु थपिएको उनको भनाई छ । टिभिएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिईरहेको उनले बताए ।
कार्यक्रम स्याङ्खजाका जिल्लाका प्रमूख जिल्ला अधिकारी राजु पौडेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो ।
स्याङजा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिवबहादुर वस्नेत, प्रहरी उपरिक्षक रविन्द्र खनाल, ससस्त्र प्रहरी नायव उपरिक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका ३ र ४ का वडाध्यक्ष लगायतको उपस्थिती थियो । जगदम्बा मोटर्स प्रालि टिभिएसको एक मात्र आधिकारिक वितरक हो । नेपालभर १३२ भन्दा बढी डिलर छन् ।







४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया