७८ औँ जन्मदिनकाे अवसरमा ८० विद्यार्थीलाई पोसाक वितरण

समाधान संवाददाता २०७६ वैशाख ३ गते १३:२४

समाधान संवाददाता, पर्वत

स्थानीय तोयनाथ चालिसेले आफ्नो ७८ औँ जन्मदिनको अवसरमा कुस्माको शिवालय माध्यमिक विद्यालयका ८० जना विद्यार्थीलाई पोसाक वितरण गरेका छन् ।

उनले आफूले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता वापतको रकमले विद्यार्थीलाई पोसाक वितरण गरेका हुन् ।

Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी गिरीको सभापतित्वमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो । त्यस अवसरमा बोल्दै जन्मदिन मनाउने परम्परा परिवर्तन गर्ने अभियानमा जुटेका चालिसेले शिवालय माविले आफूलाई तिर्न नसक्ने खालको गुन लगाएको बताए ।

उनले भने, ‘मैले गरेका हरेक काममा विद्यालयका सवै शिक्षक शिक्षिकाहरु सकारात्मक तवरले हौसला दिएकोमा आभार व्यक्त गरे ।

Advertisement

जन्मदिन मनाउन लाखौं रकमखर्च गर्ने समाजलाई त्यस अवसरमा सेचत हुन आग्रह गरेका छन् । ‘हामीले प्रत्यक वर्ष जन्मदिन मनाउँछौं, लाखौंको उपहार र पार्टीमा पैसा खर्च गर्ने संस्कार अबलम्वन गरेका छौं त्यसको अन्त्य होस्,’ उनले भने । समाजमा रहेका दुखी गरीबहरुलाई जन्मदिन मनाउने अवसरमा आर्थिक, भौतिक वा नौतिक सहयोग गर्नुपर्ने औंलाए ।

उक्त कार्यक्रममा चालिसेका सपरिवारको समेत सहभागिता थियो । कार्यक्रममा शिवालयमा बालविकास कक्षादेखि ३ कक्षासम्मका विद्यार्थीलाई नयाँ शैक्षिक सत्रको सुरुवातमा पोसाक वितरण गरेको भन्दै विद्यालयका प्रअ भूपेन्द्र चापागाईंले चालिसेको प्रसंसा गरेका थिए ।

तपाईको प्रतिक्रिया