पोखरामा भदौ ३ र ४ मा राष्ट्रिय एक्यान फुट्सल टुर्नामेन्ट हुने

पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्स् संघ(एक्यान) कास्कीको आयोजनामा राष्ट्रिय एक्यान फुट्सल टुर्नामेन्ट हुने भएको छ । यही आउँदो भदौ ३ र ४ गते नेपाल चार्टर्ड एकाउन्टेन्स् संघ कास्कीको आयोजनामा फुट्सल टुर्नामेन्ट हुन लागेको हो ।
खेलमा देशभरिबाट जम्मा ९ टिमको सहभागिता रहने छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री बिन्दु कुमार थापाले खेलके उद्घाटन गर्नेछन् भने समापन तथा विजयी टिमलाई सम्मान तथा पुरस्कार वितरण पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्ने छन् । एक टिमको दर्ता शुल्क ५० हजार रुपैयाँ रहेको छ । विजय टिमलाई पुरस्कार राशी १ लाख रुपैयाँ राखिएको छ । खेलाडीलाई खानेबस्ने व्यवस्था आयोजकले नै गरेको छ । खेलमा सहभागी ९ टिमलाई ३ समुहमा विभाजन गरेर खेल खेलाइने छ ।
एक्यान कास्कीका अध्यक्ष विवेक श्रेष्ठका अनुसार देशभरबाट २ सय देखि ३ सय चार्टर्ड एकाउन्टेन्स् को टुर्नामेन्टमा सहभागिता हुने छ । स्पोर्टस क्यासल गैह्रापाटनमा खेल हुने छ ।








महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान
आर्थिक सुधार गर्दै मझेरी सहकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया