तमु धीं नेपालका पूर्व महासचिव देवीराजलाई पितृशोक

समाधान संवाददाता २०७९ भदौ २ गते १९:३३

पोखरा ।
तमु धीं नेपालका पूर्व महासचिव देवीराज गुरुङलाई पितृशोक परेको छ । उनका पिता भीमबहादुरको ८५ वर्षको उमेरमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो ।

दिवंगत भीमबहादुरको शव बगरको गाईघाटमा अन्त्येष्टि गरिएको छ । तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले भीमबहादुरको निधनप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया