
जोमसोम l
मुस्ताङको जोमसोममा रहेको एक मात्र जिल्ला अस्पताल विगत ४ महिनादेखि नेतृत्वविहिन अवस्थामा छ । आर्थिक वर्ष २०७८/०७९ को फागुन ११ गते गण्डकी प्रदेशको सिफारिसमा अध्यक्ष पदमा पदभार ग्रहण गरेकी घरपझोङ–२ मार्फाकी कमला लालचनले राजिनामा दिएकी थिइन् । त्यसपछि मुस्ताङ अस्पतालको अध्यक्ष पद खाली छ ।
नेपाली कांग्रेसमा आवद्ध मार्फाकी समाजसेवी लालचनलाई गण्डकी प्रदेश सरकारले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्त गरेको थियो । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार बन्ने भएपछि लालचनले समितिको अध्यक्ष पदबाट राजिनामा दिएकी थिइन् । उनी नेपाली कांग्रेसको घरपझोङ गाउँपालिका कमिटी कोषाध्यक्ष पदमा थिइन् ।
स्थानीय निर्वाचनको सम्मुखमा कांग्रेस त्यागेर राप्रपामा पार्टी प्रवेश गरेकी थिइन् । यसअघि मुस्ताङ जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङले नेतृत्व सम्हालेका थिए । उनको ३ वर्षीय कालकाल पूरा भएसंगै मार्फाकी लालचन अध्यक्ष बनेकी थिइन् । लालचनले समितिको अध्यक्ष पदमा राजिनामा दिएको ४ महिना बितिसक्दा समेत मुस्ताङ जिल्ला अस्पतालले नेतृत्व गर्ने नयाँ अध्यक्ष पाउन सकेको छैन ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डन विशाल तिवारीले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष प्रदेशले चाँडै नियुक्त गर्ने गृहकार्य भईरहेको जानकारी दिए । ‘अस्पतालको नेतृत्व ४ महिनादेखि रिक्त छ, नयाँ नेतृत्व आओस भन्ने हाम्रो सोच हो, निमिक्त मेसु तिवारीले भने,‘ प्रदेशले अध्यक्ष तोकेपछि नयाँ वा पुरानै समितिलाई निरन्तरता दिने भन्ने अध्यक्षको सो विवेकमा भर पर्छ ।’
लामो समयदेखि मुस्ताङ जिल्ला अस्पताल नेतृत्वविहिन रहँदा अस्पतालले दिने सेवा सुविधा तथा महत्वपूर्ण निर्णयहरु गर्न अप्ठ्यारो परेको छ । कुनै पनि अस्पतालको अध्यक्ष पदमा बहाल हुने व्यक्ति ३० वर्ष उमेर पुरा भएको र निजको शैक्षिक योग्यता स्नाकोत्तर उत्तिर्ण भएको हुनुपर्छ । संघीयतापछि मुस्ताङ जिल्ला अस्पताल गण्डकी प्रदेशको स्वामित्वमा छ । गण्डकी प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेश निर्देशिका २०७५ अनुसार प्रदेशको सिफारिसमा जिल्लामा रहेका अस्पतालको अध्यक्ष चयन गर्ने जिम्मा प्रदेश सरकारले लिएको छ ।
प्रदेश सरकारले स्वास्थ्य वा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका प्रतिष्ठित व्यक्तिलाई मन्त्रालयले अध्यक्ष पदमा नियुक्त गर्छ । कार्यविधिमा कुनै पनि जिल्ला अस्पतालको अध्यक्ष पदमा रहने व्यक्तिको शैक्षिक योग्यता अस्पताल व्यवस्थापन गठन आदेश कार्यविधिमा स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष,उद्योग वाणिज्य संघ , जिल्लाका प्रतिष्ठित व्यक्ति सदस्यमा रहन पाउने प्रावधान छ । यस्तै,अस्पतालको सदस्य सचिवमा अस्पतालका मेसु हुन्छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया