स्याङ्जा शिक्षा कार्यालयका इन्जिनियर घुस लिँदालिँदै दमौलीमा पक्राउ

दमौली ।
शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका इन्जिनियर अम्लेशकुमार निक्लम ७५ हजार घुस लिँदालिँदै तनहुँको दमौली बजारबाट शनिबार पक्राउ परेका छन् । अम्लेशकुमार सप्तरीको बोदेबर्साइन नगरपालिकाका हुन् । करारका कर्मचारीका रुपमा उनी स्याङ्जामा कार्यरत छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार स्याङ्जास्थित एउटा विद्यालय पुनर्निर्माणका क्रममा इन्जिनियर निक्लमले घुस लिएका हुन् । प्रहरी टोलीले दमौलीस्थित एक होटलबाट उनलाई नियन्त्रणमा लिएको हो । प्रहरी नायब उपरीक्षक युवराज खड्काले घुससहित इन्जिनियरङ पक्राउ परेपछि अख्तियारसँग सम्वन्य गरिरहेको जानकारी दिएका छन् ।
विद्यालयको भवन पुनर्निर्माणका क्रममा अन्तिम निकासाका लागि काम गरिदिन इन्जिनियर अमलेशले रकम मागेका थिए । केही समय पहिलादेखि नै रकम माग गर्दै आएका उनलाई दमौलीमा रकम दिने सर्तसहित बोलाइएको थियो । उनी शनिबार बिहान सप्तरीबाट दमौली आइपुगेका थिए ।
इन्जिनियर निक्लम शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जामा असार मसान्तसम्म करारमा कार्यरत थिए । साउन १ गतेदेखि करारमा कार्यरत कर्मचारीको म्याद नथपिएका कारण उनी कार्यालयमा हाजिर नरहेको शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलले जानकारी दिए ।








सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
ढोरपाटनमा फस्टायो घोडचढी
दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
सिंजालीलाई केशर पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया