कोरियन सांसद र मेयर आचार्य बिच भेटवार्ता

पोखरा ।
गणतन्त्र कोरियाको राष्ट्रियसभा सदस्यहरूको एक टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । उक्त भेटवार्ताका क्रममा पोखराको फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा ग्रिन ट्रन्सपोर्टेसन लगायतका विषयमा छलफल भएको प्रमुख आचार्यले जानकारी दिए ।
टोलीले पोखरामा देखिएको फोहोर व्यवस्थापनको दिगो समाधान तथा ट्राफिक व्यवस्थापन र हरियाली प्रर्वद्धन तथा ग्रिन ट्रान्सपोर्टेसनका लागि कोरियन सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छ । पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रर्वद्धन रिङ्ग रोड निर्माण, व्यवस्थित बसपार्क, अन्तर्राष्ट्रिय विमानस्थल देखी लेकसाईडसम्म फास्ट ट्रयाक, फेवाताल–वेगनासताल जोड्ने पूर्वाधार लगायतका विषयमा पनि टोलीले चासो दिएको छ ।
पाँच सदस्यीय टोलीमा डेमोक्रेटिक पार्टी अफ कोरियाको तर्फबाट राष्ट्रियसभा सदस्यहरू साङ्ग हेन ली, ह्याक योङ्ग ली र ब्योङ्ग जो किम तथा पिपुल पावर पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य ब्योङ्ग गिल एन र राष्ट्रिय सभाका एक अधिकारी होङ्गगेट को को सहभागी थिए ।
कोरियन सांसदहरूको पोखरा भ्रमण र पोखराको विकास प्रति उनीहरूको चासोका खातिर पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्यले धन्यवाद ज्ञापन गरे । साथै उनीहरूलाई पोखराको चिनोका रूपमा सारङ्गी समेत प्रदान गरे । भेटघाटको सहजीकरण पर्यटन व्यवसायी मदन केसीले गरेका थिए ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया