पक्राउ पुर्जी खारेज गराउन बतासले उच्च अदालतमा रिट दायर गरे

दिपक के श्रेष्ठ
व्यवसायी विपिन (विपेन्द्र) बतासलाई कास्की जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भए लगत्तै विपेन्द्रले हतारहतार उच्च अदालत पोखरामा परमादेश सहितको आदेश माग गर्दै रिट दायर गरेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) मा उजुरी परेर अनुसन्धानकै क्रममा रहेको, जिल्ला अदालत कास्कीमा सोमबारै गाली बेइज्जती मुद्दा दर्ता भएकाले पक्राउ पुर्जी जारी नगर्न आदेश माग गर्दै विपेन्द्रले वारेसमार्फत रिट दायर गरेका हुन् ।
पोखरा ६ का जनकराज पहारी र दालप्रसाद (मनोज) श्रेष्ठले बतासबाट आफूलाई ४ करोड ३३ लाख रुपैयाँ ठगी भएको भन्दै सोमबार जाहेरी दर्ता गराएपछि मंगलबार अदालतले पुर्जी जारी गरेको थियो । चैतको अन्तिम सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता प्रक्रिया सुरु भए पनि सोमबार दर्ता भएको थियो ।
पहारीको २ करोड २५ लाख र श्रेष्ठको १ करोड ९८ लाख ठगी बतासले गरेको जाहेरीमा उल्लेख छ । उनीहरुले लेकसाइडस्थित रामकृष्ण देवकोटाले जग्गा र होटल लेनदेनका क्रममा बतासबाट ठगिएको जाहेरी दिएका थिए ।
विपेन्द्रले ताण्डब साप्ताहिकका सम्पादक अर्जुन गिरीसहित व्यवसायी पहारी र श्रेष्ठलाई विपक्षी बनाएर सोमबारै लिखित गाली बेइज्जती मुद्दा दायर गरेका थिए ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया