रहेनन् व्यवसायी सेतेलाल बिजुक्छे

पोखरा ।
पोखराका प्रतिष्ठित व्यवसायी सेतेलाल बिजुक्छेको निधन भएको छ । ८१ वर्षको उमेरमा उनका उपचारका क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा सोमबार उनको निधन भएको हो ।
बिजुक्छे एक महिनायता निमोनियाबाट ग्रसित थिए । पोखरा ८ आलुमाइला चोकका रत्नलाल बिजुक्छे (आलु माइला)का उनी जेठा छोरा हुन् । उनका श्रीमती सेतुली, ४ छोरा श्याम, नारायण, मुक्ति र विनोद र ३ छोरी सीता, मीरा र रेखा छन् ।
उनी विभिन्न सामाजिक तथा धार्मिक संघ, संस्थामा आबद्ध थिए । सेतेलाल जनप्रिय बहुमुखी क्याम्पसका सम्मानार्थ संस्थापक संरक्षक, जाल्पादेवी तायमचा समितिका सल्लाहकार, जाल्पादेवी बहुउद्देश्यीय विकास समितिका सल्लाहकार थिए । आलु माहिला भनेर चिनिने रत्नलालका ३ छोरामा सेतेलालसहित बलबहादुर र हेमकुमार बिजुक्छे हुन् ।
सेतेतालका भाइ बलबहादुर बिजुक्छे पूर्व वडाध्यक्ष हुन् । कुल धरानामा जन्मिए पनि सेतेलाल सादगी जीवन बाँचे । जीवनको अन्तिम क्षणसम्म पनि उनी व्यवसायमा क्रियाशील रहेको सिर्जना विकास केन्द्रका पूर्व अध्यक्ष विश्व बिजुक्छेले बताए ।
सेतेलालका बाबु रत्नलालले व्यवसायका क्रममा आलु बेच्ने हुनाले सो चोकको नाम नै आलु माइलाले चर्तित छ । हाल नातिहरुले नजिकैको नयाँ घरमा आलु माइला टे«डर्स सञ्चालन गरेका छन् ।
तपाईको प्रतिक्रिया