एसओएसमा विद्यार्थीको स्वागत

पोखरा ।
रामबजार पोखरास्थित एसओएस स्कुल गण्डकीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको प्रमुख आतिथ्यमा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले थिए ।
विद्यालयका संयोजक खगेन्द्रराज बरालले मन्तव्यसहित कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई खादा लगाएर स्वागत गरेका थिए । कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको स्वागतमा कक्षा १२ का विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरूसमेत प्रस्तुत गरेका थिए ।
विद्यालयका सहप्राचार्य किरण सापकोटा, एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्यले समेत मन्तव्य राखेका थिए । सहप्राचार्य सापकोटाले आफ्नो भविष्यका सपना साकार पार्ने उद्देश्य लिएर एसओएस गण्डकीमा प्रवेश गरेका विद्यार्थीहरूलाई योजना साकार पार्ने अभियानमा प्रतिबद्ध भएर अगाडि बढ्न सुझाव दिए । विशेष अतिथिको आसनबाट बोल्दै एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्यले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूले पालन गर्नुपर्ने आचारसंहिताका बारेमा जानकारी गराए ।
प्रमुख अतिथि कुलपति डा गुरुङले अनाथ र असहाय बालबालिकाहरूलाई संरक्षण र शिक्षादीक्षा प्रदान गर्दै एसओएस गण्डकीले शैक्षिक क्षेत्रमा पु¥याइरहेको योगदानको सराहना गरे । समारोहमा विद्यार्थीहरूद्वारा प्रस्तुत प्रतिभाको प्रशंसा गर्दै उनले एसओएसबाट दीक्षित भएर उच्च शिक्षातर्फ अग्रसर हुने विद्यार्थीहरूलाई गण्डकी विश्वविद्यालयमा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने विषयप्रति आफू सकारात्मक रहेको बताए ।
कक्षा १२ मा अध्ययनरत छात्रा आयुष्मा भण्डारीद्वारा सञ्चालित कार्यक्रमको सभाध्यक्षता विद्यालयका निमित्त प्राचार्य चूडामणि सुवेदीले गरेका थिए । विज्ञान सङ्कायको अध्ययन–अध्यापन हुने एसओएस स्कुलको कक्षा ११ मा हाल भुक्तानी र छात्रवृत्ति कोटामा गरी एक सय तीसभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया