अमेरिकामा जारी टेनिस रेटिङमा पोखराका अभिषेक चौथो चरणमा

पोखरा ।
पोखराका अभिषेक बाँस्तोलाले अमेरिकाको ओहायो स्थित कोलम्समा जारी युनिभर्सल टेनिस रेटिङ अन्र्तगत चौथो चरणमा प्रवेश गरेका छन् । उनी शुक्रबार अमेरिकाका म्याक्सवेल सेल्डोनसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।
बाँस्तोलाले यसअघि एक खेलमा जित निकालेका थिए । एक खेलमा उनले पराजय व्यहोरेका छन् । बिहीबार राति भएको तेस्रो चरणाको खेलमा उनले अमेरिकन खेलाडी जे.ट्रन्ड्सनलाई ४–६,६–० र ६–२ ले पराजित गरे । मंगलबार उनी जापानिज खेलाडी जेम्स टेर्टससंग ६–०,६–२ को सेटमा पराजित भएका थिए ।
प्रतियोगिताको विजेता खेलाडीले ३ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हाइयस्ट रेटिङप्राप्त २० खेलाडी उपाधि भिडन्तमा छन् । यो स्तरको प्रतिस्पर्धामा सहभागि अभिषेक नेपालकै पहिलो खेलाडी हुन् ।
१५ वर्षकै उमेरमा नेपालको शीर्ष वरीयता पाएका अभिषेकले एटिपी रेटिङका लागि २५ भन्दा बढी राष्ट्रहरुमा प्रतिस्पर्धा गरिसकेका छन् । ‘प्रतियोगिताका सहभागि खेलाडीहरु म भन्दा माथिल्लो स्तरका छन्, उनीहरुसँग प्रतिस्पर्धा गर्न पाउँदा मेरो स्तर झनै सुधारिने विश्वास लिएको छु,’ बास्तोलाले भने ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया