पुरानो टुडिँखेलमा आजबाट तीज मेला

पोखरा l
तीजको अवसर पारी पोखरा १ स्थित पुरानो टुडिँखेलमा शुक्रबारदेखि मेला सुरु हुँदै छ । इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा १ को आयोजना तथा सुरताल इभेन्ट एन्ड मल्टिमिडिया प्रालिको व्यवस्थापनमा हुने मेला १६ भदौसम्म चल्नेछ । मेला गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल जीवनले उद्घाटन गर्ने छन् । उद्घाटनअघि बिभिन्न जात जाति, आमा समुह, संघ सस्था, स्थानीय सहभागी झाकी सहितको र्याली निकालिनेछ ।
प्रवेश निःशुल्क रहेको मेलामा मौलिक तीजगीत प्रतियोगिता, तीज गृहणी नृत्य, विद्यालय स्तरीय लोक नृत्य, गण्डकी प्रदेश स्तरीय छेलो लगायतका प्रतियोगिता हुने आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । मेलामा दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैंक तथा वित्तीय सस्था, लत्ता कपडा, रेस्टुरेन्ट लगायतका स्टल रहने छन् । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै बाल उद्यानसमेत मेलामा रहनेछ ।
अध्यक्ष अधिकारीका अनुसार नेपाली कला, संस्कृति संरक्षण गर्नु मेलाको मुख्य उद्देश्य हो । केन्द्रले पोखरा १ स्थित गाईघाट क्षेत्रमा बन्दै गरेको किरियापुत्री भवन निमार्णका लागि आर्थिक सहयोग जुटाउने उद्देश्य लिएको छ । २ दशक अघिदेखि केन्द्रले तीज गीत प्रतियोगिता आयोजना गर्दै आएको उपाध्यक्ष निरजविक्रम राणाले बताए ।








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया