अल्फा एकेडेमीमा तीजगीत प्रतियोगिता

पोखरा ।
पोखरा–२६ कालिका चोकमा रहेको अल्फा एकेडेमी अन्तर्गत रहेको अल्फा बाल क्लबले तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । कक्षागत रूपमा सञ्चालित तीज गीत प्रतियोगितामा कक्षा दुईदेखि कक्षा दससम्मका विद्यार्थीहरूको सहभागिता थियो ।
प्रतियोगितामा कक्षा नाैं का विद्यार्थीको समूहले प्रथम स्थान प्राप्त गर्न सफल भयो । कक्षा आठ द्वितीय, कक्षा तीनका तृतीय र कक्षा पाँचले चौथो स्थान प्राप्त गर्न सफल भएका थिए । कक्षा आठका विद्यार्थीले समसामयिक विषयमा लेखिएको नाटकसमेत प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा विद्यालयका शिक्षिका ज्योति रानाभाट, पार्वती पतानी र अम्बिका भण्डारी निर्णायकको भूमिकामा थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल सङ्गीतकर्मी संघ वडा एकाई २६ का संयोजक कृष्णहरि ढुङ्गाना थिए । संस्कृति र सभ्यता जोगाउने काममा निरन्तर लाग्नुपर्ने उनको भनाइ थियो ।
उत्कृष्ट विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो । अल्फा बाल क्लबका अध्यक्ष आदेश भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षिका शकुन्तला लम्सालले गरेकी थिइन् ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया