सामुदायिक वनको आम्दानीबाट विपन्न वर्गलाई स्वास्थ्य बिमा

राजन उपाध्याय
दुलेगौंडा
तनहुँको शुक्लागण्डकीस्थित सामुदायिक वनको आम्दानीले विपन्न वर्गलाई स्वास्थ्य बिमा गरेको छ । शुनपा ५ स्थित तालडाडाँ सामुदायिक वन उपभोक्ता समूहले ८८ परिवारको बिमा गरेको हो ।
प्रति परिवार २ हजार ५ सय रुपैयाँ बुझाएर २ लाख १० हजार रुपैयाँ बराबरको बिमा गरिएको समूहका अध्यक्ष डिलबहादुर गिरीले जानकारी दिए । ‘सरकारको नीति पनि गरिव परिवारलाई निशुल्क बिमा गर्ने आयो, समूहको बैठकमा आर्थिक अवस्था कमजोर भएका परिवारलाई बिमा गर्ने प्रस्ताव बैठकमा राखे । उनले भने, ‘बैठकमा सबैले स्वागत गर्नुभयो र भेलाले पनि अनुमोदन गर्यो ।’ सदस्यलाई आम्दानी र आर्थिक, सामाजिक, भौतिक अवस्थाको आधारमा ४ वर्गमा विभाजन गरिएको गिरीले बताए । ‘क देखि ग’ सम्म हामीले विभाजन गर्यौं उनले थपे, ‘ख र ग’ वर्गको स्वास्थ्य बिमा गर्ने निर्णय गरेका हौं ।’
निशुल्क स्वास्थ्य बिमामा आबद्ध मध्य ३६ घरपरिवार दलित मात्रै छन् । दलित समुदायबाट १ सय ८९ परिवार लाभाविन्त हुने गिरीले बताए । साथै जनजाति ३४ परिवारका १ सय ३६ परिवार, मुस्लिम ६ परिवार र अन्य १२ परिवार छन् । स्वास्थ्य बिमाबाट कुल ४ सय ५ जना लाभाविन्त हुने छन् । स्वास्थ्य बिमामा आवद्ध भएपछि वार्षिक २ हजार ५ सय रुपैयाँ शुल्कले ५ परिवारले निशुल्क ५० हजार रुपैयाँको सेवा लिन सक्नेछन् ।
समाजसेवी बाबुराम कार्कीले वनले स्वास्थ्यलाई प्राथमिकता दिई बिमा गरेकामा खुसी व्यक्त गरे । ‘विभिन्न संघ संस्था र समूहले गरेको आम्दानी अनावश्यक क्षेत्रमा खर्च हुने गरेको छ, उनले भने, स्वास्थ्य बिमामा लगानी गर्नु स्वागत योग्य कार्य हो ।’ उनले स्वास्थ्य बिमा गर्नाले नियमित स्वास्थ्य जाँच हुने बताउँदै निरोगी हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
आगामी दिनमा बाँकी सदस्यलाई निशुल्क स्वास्थ्य बिमा गराउने अध्यक्ष गिरीले बताए । समूहका सदस्यले प्रत्येक महिना ४० रुपैयाँ बचत गर्दैै आएका छन् । वनबाट बिक्री हुने काठ पनि आम्दानीको स्रोत हो । सामुदायिक वनमा ३ सय ५० सदस्यहरु छन् । सो वन ८४ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।








सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया