प्रदेश सभामा तीजको शुभकामना
समाधान संवाददाता
२०७९ भदौ १२ गते १३:४७

पोखरा ।
हरितालिका तीजको अवसरमा आइतबार गण्डकी प्रदेश सभा सचिवालय, पोखरामा शुभकामना आदानप्रदान भएको छ । कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख नेत्रनाथ अधिकारी, मन्त्री, उपसभामुख सृजना शर्मा, सदस्य, सचिव हरिराज पोखरेल, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक लगायतको उपस्थिति थियो ।
पछिल्लो समय नेपालीहरुको चाडपर्व मनाउने तरिकामा परिवर्तन हुन गइ मौलिक संस्कृतीमा ह्रास भएकोप्रति चासो व्यक्त भएको र नेपालीहरुले चाडपर्व मौलिकता झल्कने ढंगबाट मनाउनुपर्नेमा सबैले ध्यान केन्द्रित गरे ।
सम्बन्धित
तपाईको प्रतिक्रिया