महाविद्यालय सिंगिङ आइकन सुरु
पोखरा ।
सैनिक आवासीय महाविद्यालय पोखरामा ‘महाविद्यालय सिंगिङ आइकन’को तेस्रो संस्करण आरम्भ भएको छ । हरेक २ वर्षमा आयोजना हुँदै आएको प्रतियोगिता महाविद्यालयको पृथ्वीहलमा उद्घाटन भएको हो ।
भदौ १२ गतेबाट छनोट चरण आरम्भ भएको छ । त्यसको समापन २०७९ असोज ९ गतेको दसंै मेलामा हुने महाविद्यालयले जनाएको छ । प्रतियोगितामा गीत गाउन चाहने प्रतिस्पर्धीले जनरल राउन्ड, पियानो राउन्ड, पियानो गितार राउन्ड एवं ट्र्याक राउन्ड गरी ४ चरण पार गरेपछि फाइनलमा पुग्न सक्ने प्रतियोगिताका निर्णायक विनोद बानियाँले बताए ।
प्रतियोगिता जित्ने विद्यार्थीलाई नगद, प्रमाणपत्र, ट्रफी र गीत रेकर्डसमेत पुरस्कारका रुपमा राखिएको छ । प्रतियोगिता उदघाटनमा महाविद्यालयका प्रिन्सिपल राजेन्द्रकुमार लाखेले संगीत, कला र साहित्यले देशको परिचय दिने र त्यस्ता कलाको देशको जस्तो सीमा नहुने बताए । उनले नयाँ प्रतिभाको खोजी गर्नर क्षेत्रीय एवं राष्ट्रिय स्तरमै योगदान पु¥याउनका लागि यो कार्यक्रम कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । पहिलो र दोस्रो सत्रका विजेता सुजन रानाभाट र सुदीक्षा लामिछानेसमेत निर्णायक रहेको सो कार्यक्रम करिब १ महिनासम्म सञ्चालन हुने शिक्षक टीकाराम आचार्यले जानकारी दिए ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया