पठन संस्कृतिका लागि पुस्तकालय

खिम लामिछने ‘काजी’ २०७९ भदौ १५ गते ११:१३

स्कुल ज्ञानको मन्दिर हो भने पुस्तकालय ज्ञानको भन्डार हो । वर्तमान परिवेशमा प्रायजसाे सबै स्कुलहरुमा विद्यालय पुस्तकालयहरुको स्थापना गरिएको पाइन्छ । फरक यती हो उक्त पुस्तकालयले उदेश्य पुरा गरेको छ कि छैन ? पुस्तकालय सिर्फ हात्तीका देखाउने दाँत जस्ता छन् कि ? विद्यार्थीबाट थप शुल्क उठाउने साधनका रुपमा मात्र सिमित छन ?
नेपालमा स्कुल पुस्तकालयको सुरुवात पुस्तकालयको विकाससँगै भएको पाहिन्छ ।

Advertisement

भारतमा स्कुल पुस्तकालयको सुरुवात भारत आजादी पश्यात विकास भएको पाहिन्छ । अमेरिकामा भने १८औं शताब्दीको अन्त्यतिर नै स्कुल पुस्तकालयको स्थापना भएको पाहिन्छ । बर्तमान समयमा सबै स्कुल कलेजहरुमा पुस्तकालय स्थापना गरिएको छ तर कतिपय स्कुलहरुमा भने नाम मात्रको पुस्तकालय रहेको छ । पुस्तकालयको लागि विद्यार्थीहरुबाट स्कुलले मासिक वा वार्षिक रुपमा शुल्क लिने गर्छ तर पुस्तकालयको पूर्वाधार भने पुस्तकालय ब्यबस्थापनको न्युनतम मापदण्ड समेत पुरा गरेको हुदैन ।

न त पुस्तकहरुको संकलन नै राम्रो हुन्छ, न त बस्ने कुर्सि टेबलहरु राम्रो सुबिधा हुन्छ । जसको कारण गुणस्तरीय शिक्षाको विकास हुन् सकेको छैन । आजकल केहि स्कुल कलेजहरुमा हप्ताको १ वा २ पटक पिरीयड लाइब्रेरीमा बिताउन पर्ने नियम राखेको पाइन्छ । तर पनि सबै विद्यार्थीहरु पुस्तकालय भित्र प्रवेश गरेको पाहिदैन । शिक्षकले विद्यार्थीहरु पुस्तकालय प्रबेश गरे नगरेको बारे अनुगमन गरेको देखिदैन । स्कुलले जीवनमा लाइब्रेरीमा बसेर पढ्ने बानीको बिकास भयो भने स्कुले शिक्षा पछि पनि पढ्ने बानी बसीरहन्छ । जसले पढ्ने संकृतिको बिकासमा मद्दत पुग्दछ ।

सर्बप्रथम नेपालमा पहिलो पटक २०६५ साल भाद्रमा पुस्तकालय दिवंस मनाउदा “सबैको लागि पुस्तकालय” भन्ने नारा अथार्थ आदर्श बाक्य राखिएको थियो । जसको उदेश्य सबै उमेर समुहका ब्यक्तीहरुको लागि पुस्तकालय भन्ने थियो । यस अर्थमा बालबालिकाहरुको लागि पनि पुस्तकालयको पहुँच हुनुपर्छ भन्ने थियो । त्यसैगरी २०७० सालमा “एक गाउँ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय” भन्ने नारा बनाइएको थियो । यस्को उदेश्य पनि बालबालिकाहरु पढ्ने विद्यालयमा सुबिधा सपन्न पुस्तकालय हुनुपर्छ र सम्पूर्ण विद्यार्थीहरुले पुस्तकालयको सुबिधा पाउनु पर्छ भनी थियो ।

यसरी पुस्तकालय दिवसले हरेक तह तप्का, बर्ग, लिङ, जात जाती, भाषा भाषी, हरेक क्षेत्रका ब्यक्तीहरुले पुस्तकालयको प्रयोग गर्न पाउनु पर्छ भन्ने आवाज उठाउँदै आइरहेको छ । केहि प्राइभेट बोर्डिंग स्कुलहरुको लाइब्रेरीमा भौतिक पूर्वधारमा केहि सुधार गरेको भएता पनि दुरदराजका गाउँका सामुदायिक स्कुलहरुमा भने पुस्तकालय बिकासमा न कुनै बजेट छुट्याइएको हुन्छ न त विद्यार्थीहरुलाइ पुस्तकालय कोठा भित्र प्रवेश गर्न नै उत्प्रेरित गरिन्छ ।

Advertisement

नेपालका धेरै जसो बिद्यालयहरुमा कुनापट्टीको, छिंडीको, सबैभन्दा नराम्रो कोठालाइ विद्यालयको पुस्तकालयको रुपमा छुट्याइएको हुन्छ । पुस्तकालय भित्र खेलकुदका सामाग्री अन्य बिग्रे भत्केका सामानहरु समेत राखिने गरिएको हुन्छ । पुस्तकालय हेर्ने जिम्मा पनि कुनै शिक्षकलाइ सुम्पिएको हुन्छ । सरकारले पनि विद्यालयमा कुनै लाइब्रेरी सम्बधि तालिम तथा पुस्तकालय विज्ञान सम्बन्धि पढेर डिग्री हासिल गरेको प्राविधिकको दरबन्दि राखेको हुँदैन ।

नेपाल पुस्तकालय संघले हरेक विद्यालय तथा कलेजमा अनिवार्य रुपमा पुस्तकालयको स्थापना गरिनु पर्ने र पुस्तकालयको जिम्मा पुस्तकालय विज्ञान सम्बन्धि पढेको वा तालिम गरेको प्राबिधिक हुनु पर्ने भन्ने आवाज उठाउदै आइरहेको छ । जसको कारण अहिले कतिपय स्कुल लाइब्रेरीहरुमा पुस्तकालय बिज्ञान सम्बन्धि पढेको वा तालिम गरेको कर्मचारी राख्ने गरिएको छ । पुस्तकालय दिवसको उदेश्यहरु मध्ये यो पनि एउटा उदेश्य हो । पुस्तकालयको उचित ब्यबस्थापन र बिकास पुस्तकालय सम्बन्धि पढेर ज्ञान हासिल गरेर पोख्त भएको कर्मचारीले नै गर्न सक्छ ।

आजको युगमा स्कुल लाइब्रेरीको महत्व झन बढेर गएको छ । हरेक स्कुलमा इ–लाइब्रेरी अनिवार्य रुपमा हुनै पर्छ । ताकी विद्यार्थीहरुले सानै उमेर देखि मोबाइल, ल्यापटप, आइप्याड आदि गेम खेल्ने मात्र होइन की पढ्ने साधन पनि रहेछ भने दिब्यज्ञानको बिकास होस् । हरेकको घरमा सर्बसुलभ रुपमा रहेका मोबाइल, ल्यापटप, स्मार्ट टिभी सिर्फ मनोरन्जनको लागि मात्र होइन पढ्ने काममा प्रयोग गरेर ज्ञान हासिल गर्ने साधन पनि हो भन्ने कुरा सर्बप्रथम अभिभावकले आफ्ना नानीबाबुहरुलाइ सिकाउनु पर्दछ । र तिनीहरुको उपयोगीता बारे बताइदिनु पर्दछ ।

अभिभावकहरु आफु टिभी र मोबाइलको स्क्रीनको अगाडी मख्ख पर्दै बस्ने र आफ्ना बाबुनानीहरुलाइ पढ्न जाउ भनेर कोठा भित्र छोडीदिदैमा जिम्मेवारी पुरा हुदैन । अभिभावक आफु पनि किताब लिएर संगै बसिदिँदा सन्तति र आफ्नो दुबैको पढ्ने बानीको बिकास हुदै जान्छ । पढ्ने बानीले ब्यक्तिलाइ असल नागरिक बनाउन ठुलो मद्दत गर्दछ । हरेको ब्यक्ति असल हुदै जादा समाज र देशलाइ समग्र रुपमा फाइदा पुग्दछ । त्यसैले मैले भन्ने गरेको छु आफ्ना स्कुले बच्चाहरु अगाडी हातमा रिमोट होइन किताब लिएर बस्ने गर्नुस त्यसले तपाइँको मात्र होइन तपाइँको सन्ततिको समेत बानी सुध्रिरहेको हुन्छ ।

प्रायजसो पढ्ने बानी गरेका बुद्धिजीवीहरुले पनि सिर्फ आफ्नो लागि मात्र पुस्तक किन्ने गरेको पाहिन्छ । घरमा स्कुले बच्चाहरु छन भने उनिहरुलाइ समेत बाल पुस्तकहरु किनेर दिने गर्नु पर्दछ । सानै देखि लागेको बानी हतपत बिर्सिदैन । त्यसैले आफ्नो बच्चाहरुलाइ सानै देखि पढ्ने रुची जगाउने पुस्तकहरु दिन जरुरि हुन्छ । हाल बजारमा बाल पुस्तकहरु सजिलै पाइदैन । किनकि हामीले जे धेरै खरिद गर्दछौ, त्यसैको माग धेरै हुन्छ, बजारमा त्यसैको बिक्रि बितरण बढी हुने गर्दछ । हामीले बाल पुस्तक खरिद गर्न सुरु गर्यो भने बजारमा सजिलै उपलब्ध हुन थाल्दछ । त्यसैले बजार बाल पुस्तक पाइदैन भनेर खोजि गर्न नछाडौं ।

बालबालिकाहरुमा नक्कल गर्ने बानी धेरै हुन्छ । पुस्तकालय जान थालेसी त्यहा बिभिन्न प्रकारका पुस्तकहरु त पढ्ने नै भए । त्यसपछी उनीहरुले पढेका कबिता, कथा, गजल, हेरेका चित्रहरुको नक्कल गर्दै बिस्तारै उनीहरु आँफैले कबिता, मुक्तक, सायरी लगायता थुप्रै कुराहरु गर्न थालदछन । कीनकी बच्चाहरु जे देख्यो, जे सुन्यो त्यही गर्ने प्रबितीका हुन्छन । पुस्तकालय जाने बानीले बिस्तारै पढ्ने बानीको विकाससंगै बालबालिकाहरुको सृजनशीलतामा पनि बिकास हुदै जान्छ । त्यसैकारण बालबालिकाहरुलाई स्कुल मात्रा होइन घरमा समेत पुस्तक पढ्ने वातावरण बनाइदिनु पर्दछ ।

स्कुल लाइब्रेरीमा सकेसम्म नैतिक शिक्षाका पुस्तकहरुको संग्रह गर्दा धेरै लाभदायिक हुन्छ । ट्राफिक सम्बन्धी नियमहरुको पुस्तक, सामान्य ज्ञानका पुस्तकहरु, छोटा नितीकथाका पुस्तक, बाल कबिता, मुक्तक, सायरीका पुस्तकहरु, एट्लास, अंल्मन्याक, बिश्व शब्दकोश, थेसरस, नेपाली शब्दमाला तथा बाल मनोबिज्ञान अन्तर्गत बालबालिकाहरुलाई सकारात्मक सन्देश दिने पुस्तकहरु स्कुल लाइब्रेरीमा संग्र्रहित गरिनु पर्दछ । स्कुल लाइब्रेरीमा हत्या, आतङ्क, मारकाट जस्ता हिंसासँग सम्बन्धित पुस्तकहरु संग्र्रहित गरिनुु हुँदैन । यसले बाल मनोबिज्ञानमा नकरात्मक असार पर्न जान्छ ।

साना साना बच्चाहरुको लागि चित्र पुस्तकहरु राख्नु पर्दछ । चित्रको माध्याम द्वारा बच्चाहरुले धेरै कुराहरु सिक्न सक्छन । कमिक्सहरु, जोक चुट्किलाका पुस्तकहरु, राजकुमार राजकुमारीहरुका काल्पनिक कथा तथा लघु उपन्यासहरु स्कुल लाइब्रेरीमा राखिनु पर्दछ । इतिहास, साहित्य, कला, गीत संगीत, भुगोल, सामाजिक जनजीवन सम्बन्धी पुस्तकहरु, जात जाती र उनीहरुका संस्कार संस्कृती सम्बन्धी लेखिएका पुस्तकहरु पनि स्कुल लाइब्रेरीमा समाबेश गरिनु पर्दछ ।

साहसिक कार्यहरु गरेका, देश तथा बिदेशमा उत्कृष्ट काम गरे वापत उनीहरुको बारेमा लेखिएका पुस्तकहरु, उनीहरु जीवनी तथा आत्मकथाहरुलाई स्कुल लाइब्रेरीमा अनिवार्य रुपमा संग्र्रहित गरिनु पर्दछ । जस्ले बालबालिकाहरुलाई साहसी बन्न तथा समाज र देशमा केही राम्रो काम गरेर देखाउन उत्प्रेरणा मिल्दछ । स्कुल लाइब्रेरीमा बालबालिकाहरु समय छुट्याएर पुस्तकालय समय तालिका बनाउनु पर्दछ । यदी ठुलो सानो सबैको लागि एउटै पुस्तकालय भवन निर्माण गरिएको छ भने बाल पुस्तकालयको लागि छुट्टै सेक्सन छ्ट्याउनु पर्दछ ।

इफ्ला र युनेस्कोले सन २००० मा स्कुल लाइब्रेरी निर्देशिका समेत तयार परेका थिय । जसमा स्कुल पुस्तकालयको ब्यबस्थापनको लागि कुशल पुस्तकालयकर्मी अथार्थ लाब्रेरियन हुनु अनिवार्य शर्त बनाएको छ । एक कुशल लाइब्रेरियन मार्फत पुस्तकालयको उचित ब्यबस्थापन मात्र होइन पाठकहरुले उचित रुपमा भरपुर सेवा सुबिधा लिन सक्दछन । स्कुल लाइब्रेरीमा पुस्तक तथा रचनाहरुको छनौटको अलवा टेबल कुर्सीको तथा किताब राख्ने तखताको उचाइ, चौडाइको समेत ध्यान दिनु उत्तिकै महत्व हुन्छ ।

सबै भन्दा ठुलो कुरा बिद्यालयले स्कुल लाइब्रेरीको बिकासको लागि हरेक बर्ष बजेट छुट्याउनु पर्दछ । योग्य कर्मचारी र शान्त ठाउँमा पुस्तकालय भवन वा कोठाको ब्यबस्थापन गरिनु पर्दछ । कुनै पनि पुस्तकालय बाल मैत्रीको साथै अपाङ्गता मैत्री पनि हुन जरुरी छ । व्हीलचयरमा बसेर पुस्तकालयको सम्पूर्ण सुबिधाहरु सजिलै लिन सकिने ब्यबथा गरिएको हुनु पर्दछ । बिश्वका सम्पूर्ण पुस्तकायहरुको उदेश्य एउटै हो – ज्ञान हासिल गर्ने । इफ्ला र युनेस्कोले सन १९९९ मा स्कुल पुस्तकालय सबैको लागि सिक्न र सिकाउनको लागि भन्ने घोषणा पत्र जारी गरेको थियो । स्कुल पुस्तकालयकर्मीहरुले पुस्तकालयको ब्यबस्थापन गर्दा पहिलो नम्बरमा बालबालिकाहरुको अधिकारलाई ध्यानमा राख्न जरुरी हुन्छ ।

बर्तमान अवस्थामा स्कुल लाइब्रेरीमा मिडिया सेक्सन अथार्थ श्रब्यद्रिश्यको लागि पनि छुट्टै ठाउँको ब्यबस्था गरिनु पर्दछ । बिध्युतिय पुस्तकालयको लागि छुट्टै साधनश्रोत र ठाउँको ब्यबस्था गरिनु पर्दछ । स्कुल लाइब्रेरीमा पनि रेफेरेन्स सेक्सन लगायत पुस्तकालयको निती नियम अनुसार नै ब्यबस्थापन गरिनु पर्दछ । जस्ले बालबालिकाहरु पुस्तकालय सम्बन्धी थप जानकारी मिल्न सक्दछ ।

स्कुल लाइब्रेरीको बिकासको लागि स्कुलका विद्यार्थी र शिक्षकहरुबाट स्वयम सेवकहरु छनौट गरी उनीहरुलाई केही जिम्मेबारीहरु दिदा लाइब्रेरीलाई आफ्नो उदेश्य पुरा गर्न मद्दत मिल्छ । हामी सबैले हाम्रा बाबु नानीहरुलाई घरमा पनि स्कुलको कोर्स भन्दा बाहिरका ज्ञानबर्धक पुस्तकहरु पढ्न दिने गर्नु पर्दछ । सामान्यतया बच्चाहरु पढ्न मान्दैनन तर बजारमा चित्र सहितको पुस्तकहरु उपलबध हुन्छन । उमेर अनुसारका पुस्तकहरु किन्न पाहिन्छ । उक्त पुस्तकहरु किनेर हाम्रा बच्चाहरुलाई आजै देखी पढ्ने बानीको बिकासमा जोड दिनु पर्दछ । यसरी हामी सबैले पढ्ने संस्कृृतीको बिकास गर्न सक्दछौ । हामीले नगरे कस्ले गर्ने ? अहिले नगरे कहिले गर्ने ?

लामिछाने मणिपाल कलेज अफ मेडिकल साइन्सेजका सिनियर लाइब्रेरी असिस्टेन्ट हुन्

तपाईको प्रतिक्रिया