अन्नपूर्ण ५ मा निस्सा वितरण

पोखरा ।
अन्नपूर्ण गाउँपालिका कास्कीले वडा नं. ५ मा निस्सा वितरण गरेको छ । गण्डकी प्रदेशमै सबैभन्दा पहिला निस्सा वितरण सुरुवात गरेको अन्नपूर्ण गाउँपालिकाले सोमबार वडा नं ५ मा १९ भूमिहीन दलित र २ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको छ ।
वडा नं ५ का वडाध्यक्ष जीवनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले राम्रो कार्यक्रम सुरुआत भएको बताए । उनले कार्यकालको पहिलो वर्षमै सबै भूमिहीनलाई जग्गा उपलब्ध गराएर भूमिपति बनाइने जनाए । वडाले भूमिहीनलाई जग्गा सिफारिस गरेको केही दिनमै नापी टोली खडा गरी नापजाँच गर्ने प्रतिवद्धता पनि उनले गरे ।
राष्ट्रिय भूमि आयोग अन्नपूर्ण गाउँपालिका इकाइका फोकल पर्सन प्रभात पौडेलले गाउँपालिकाका सम्पूर्ण वडामा यही महिनाभित्र निस्सा वितरण गरिने बताए । जग्गा धनीपुर्जा वितरण गर्ने नेपालमै पहिलो स्थानीय तह बनाउने उनको भनाइ छ । पौडेलले गाउँपालिकाले भूमिहीनलाई आवास प्रयोजनका लागि ३ सय ४० वर्ग मिटर र कृषि प्रयोजनका लागि २ हजार वर्ग मिटर जमिन उपलब्ध गराउने उल्लेख गरे ।
वडा नं ५ का वडाध्यक्ष पौडेलले राष्ट्रिय भूमि आयोगको कार्यविधि अनुरुप वडाबाट गर्नुपर्ने सम्पूर्ण काम भइसकेको सुनाए । भूमिहीनलाई जग्गा खोजिसकेकाले छिट्टै जग्गा वितरण गरिने उनले जनाए ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया