
तनहुँ ।
तनहुँको सदरमुकामस्थित दमौली अस्पताल विस्तारका लागि जग्गा प्राप्त भएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गरेको हो ।
कृषि ज्ञान केन्द्रको दुई रोपनी र पशु सेवा विज्ञ केन्द्रको डेढ रोपनी जग्गा अस्पतालका लागि भोगचलन गर्न प्राप्त भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए ।
लामो समयदेखि जग्गा व्यवस्थापनका लागि पहल हुँदै आएका बल्ल आएर यसले सार्थक रुप लिएको जनाइएको छ । ‘अस्पतालको सेवा विस्तारका लागि भवन निर्माण गर्न जग्गा चाहिएको थियो, अस्पतालसँगै जोडिएका दुई सरकारी कार्यालयको जग्गा भोगचलनका लागि पाएका छौं,’ उनले भने, ‘जग्गा प्राप्तिसँगै अब भवन निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को तयारी गरेका छौं ।’
गण्डकी प्रदेश सरकारले उक्त जग्गामा भवन निर्माणका लागि डिपिआर गर्न बजेट सहयोग गरेको छ । यस पश्चात् भवन निर्माणका लागि बजेटको सुनिश्चितता हुने छ। ‘जग्गा अभावकै कारण अस्पताल स्तरोन्निति हुन सकेको थिएन, जग्गा पायौं अब अस्पताल स्तरोन्नति हुने आशा पलाएको छ,’ अध्यक्ष थापाले भने ।
अस्पताल विस्तार भएपछि तनहुँका अलवा छिमेकी जिल्लाका सर्वसाधारणले पनि सेवा पाउनेछन् । नयाँ निर्माण हुने भवनमा आँखा उपचार केन्द्र पनि बनाउने तयारी गरिएको छ । प्रदेश सरकारले दमौलीमा गोबद्र्धन शर्मा आँखा उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । पन्ध्र शय्या क्षमताको अस्पतालले हाल ५० शय्याको सुविधा दिइरहेको छ। अस्पतालको सीमित स्रोत र साधनका बाबजुद पनि अस्पतालले स्वीकृत शय्याभन्दा बढी क्षमतामा सेवा दिइरहेको छ ।
अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि ‘अटोक्लेप्स’ सहितको भवन निर्माण, आँखा विशेषज्ञ सहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, ‘एनेस्थेसिया’ सेवा, भेन्टिलेटर सहित ‘आईसियू’ कक्ष, अत्याधुनिक प्रयोगशाला सेवा, ‘डिजिटल एक्सरे’, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार भइसकेको छ। साथै शव राख्नका लागि दुई तह भएका दुई ‘मर्चरी चेम्बर’को पनि अस्पतालमा व्यवस्था गरिएको छ ।
अस्पतालले आकस्मिक सेवा, औषधि, ‘एआरटी’, ‘ल्याव्रोटोरी’, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवा समेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ मा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









‘पहाड भो मलाई’ गीत सार्वजनिक
खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया