उम्मेदवारका योग्यताबारे छलफल
समाधान संवाददाता
२०७९ भदौ १५ गते १३:०२

पोखरा ।
पोलिटिकल साइन्स सोसाइटी नेपाल (पोस्सोन)ले मंसिरमा तय निर्वाचन लक्षित कार्ययोजना बनाएको छ । संस्थाले आउँदो चुनावमा उम्मेदवार हुनेहरुको न्यूनतम योग्यताबारे बौद्धिक छलफल गर्ने तय गरेको हो । मंगलबार भएको संस्थाको बैठकले असोज १ गते आगामी चुनाव लक्षित गोष्ठी आयोजना गर्ने निर्णय गरेको हो ।
गोष्ठीमा आगामी चुनावमा उठ्ने उम्मेद्वारमा हुनुपर्ने न्यूनतम योग्यताका विषयमा कार्यपत्र प्रस्तुतिसहित छलफल हुने संस्थाका सहसंयोजक फरेन्द्र थापाले जानकारी दिए ।
देशको राजनीति र राजनीतिकर्मीलाई बिषयगत र अनुसन्धानमूलक तथ्य र यथार्थ धरातलमा लैजाने उद्देश्यले पोस्सोन गठन भएको हो । संस्थाका संयोजक सुभाष ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र बिभागका बिभागिय प्रमुख प्राडा थानबहादुर क्षेत्रीले समेत बोलेका थिए ।
सम्बन्धित








सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया