मन्त्रालयको सबै पैसा खन्याए बजेट पुग्दैनः मन्त्री मनाङे

पोखरा ।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आफ्नो मन्त्रालयको सम्पूर्ण बजेट खन्याए पनि ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न बजेट अपुग हुने बताएका छन् । प्रदेश सरकारले आफ्नो मन्त्रालयमा कम बजेट विनियोजन गर्दा राष्ट्रिय खेलकुद प्रतियोगितामा बजेट अभाव भएको उनको दाबी छ ।
बजेट अभाव भएर प्रतियोगिता बन्द हुने अवस्थामा पुग्दा पनि राष्ट्रिय खेलकुदका लागि छुट्याइएकोे बजेट अझै प्रदेशमा नआएकाले प्रतियोगिता हुने÷नहुने अन्योल सिर्जना भएको मन्त्री गुरुङले बताए । परिषदले नवौंको तयारीका लागि अझै ३ करोड ५० लाख अपुग हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । जिल्ला र प्रदेश छनोट तथा बन्द प्रशिक्षणका लागि ७ करोड ८५ लाख खर्च हुने अनुमान छ ।
थप बजेट प्राप्त नभए प्रतियोगिता गर्न नसकिने उनले सुनाए । खेलकुद मन्त्रालयलाई एउटै वडामा जति पनि बजेट नभएको उनले बताए । ‘वडाको पूर्वाधारमा छुट्टाइएको बजेट २२ करोड छ । तर, ११ वटै जिल्लामा खेलकुदको पूर्वाधार बनाउने मन्त्रालयको बजेट २४ करोडमात्र छ,’ उनले भने, ‘खेलाडीलाई खुवाउने बस्ने पैसा कस्ले दिन्छ । हामीले कताबाट ल्याउने ?’
मन्त्री गुरुङले संघीय मन्त्रालयबाट प्रतियोगितालाई ६० करोड छुट्टाए पनि अझै प्रदेशमा नआइपुगेको जनाए । ‘प्रतियोगिता आयोजना गरेरमात्र हुँदैन । बजेट पनि चाहिन्छ,’ उनले भने । ‘हुन्छ, हुन्छ भन्न म सक्दिनँ । पहिले बजेट पठाएमात्र गेम हुन्छ ।’ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश छनोट १६ गतेदेखि १८ गतेसम्म पोखरामा सुरु हुनेछ । गण्डकी प्रदेशले ३६ वटै खेलमा सहभागिता जनाउने प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले बताए । उनका अनुसार ११ वटै जिल्लाबाट ३२२३ खेलाडी तथा व्यवस्थापकले सहभागिता हुनेछन् ।
प्रतियोगितामा ४ सय ४ इभेन्टमा ४ सय ११ पुरुष र २ सय ९८ महिला खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा सबैभन्दा बढी कास्कीले ३५ खेलमा सहभागिता जनाउनेछ । सबैभन्दा कम मनाङबाट केवल ५ खेलमा मात्रै सहभागिता हुनेछ ।
मुस्ताङले १३ खेलमा १ सय ६६ जना, म्याग्दीले १५ खेलमा २ सय ८३ जना, बागलुङले १९ खेलमा ३ य ६१ जना, पर्वतले १४ खेलमा २ सय २३ जना, कास्कीले ३५ खेलबाट ६ सय ७३, तनहुँले १७ खेलबाट ३ सय ३ जना, लमजुङले १२ खेलबाट २ सय १३ जना, गोरखाले १६ खेलमा २ सय ३० जना, मनाङले ५ खेलबाट ४६ जना र नवलपुरबाट २३ खेलमा ३ सय ७८ जना खेलाडी तथा प्रशिक्षक तथा व्यवस्थापकको सहभागिता रहने परिषदको तथ्यांकले देखाएको छ ।
मन्त्री गुरुङले प्रदेशस्तीय प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अनुगमन समिति गठन गरेका छन् । दीपकबहादुर गोदारको संयोजकत्वमा बनेको अनुगमन समितिमा ओम बस्नेत, लक्ष्मण कुँवर, प्रियंका बर्मा, सिद्धान्त अधिकारी, मइनबहादुर गर्बुजा, सुजन आचार्य, धन बस्नेत र रामराज अधिकारी छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया