
पोखरा ।
पहिरोका कारण मध्यपहाडी लोकमार्ग पोखरा बागलुङ सडक खण्ड अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका र कुश्मा नगरपालिकाका विभिन्न ठाउँमा खसेको पहिरोले मंगलबार देखि नै सडक अवरुद्ध बनेको हो । बिहीबार बिहानदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । बर्षा कारण र माथिबाट ढुंगा झर्दा सडक खुलाउन मुश्किल परेको छ ।
बिहीबार बिहान गएको पहिरोले लमजुङको दोर्दी गाउँपालिका ६ मा भौतिक क्षति पुर्याएको छ । पहिरोले सडक अवरुद्ध भएको छ । सडक सञ्चालनमा ल्याउन स्थानीयले आग्रह गरेका छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिका बैशरीस्थित बेनी जोमसोम सडक खण्डमा बिहीबार बिहान ढुंगा माटो सहितको पहिरो जादाँ सडक पूर्णरुपमा अवरुद्ध भएको
छ ।
राष्ट्रिय आयोजनाको गौरवको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ नगरपालिका १० मा सडक निरन्तर बर्षाका कारण अवरुद्ध भएको छ । करिडोरकै फुस्रेखोलामा निरन्तर सडकमाथिबाट ढुंगा खसिरहेका छन् ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।








अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया