टेनिस खेलाडी काठमाडाैंतिर
पोखरा ।
आइतबारदेखि काठमाडौंमा सुरु हुने दोस्रो याक एन्ड यती कप भेट्रान्स टेनिस प्रतियोगितामा भाग लिन पोखरेली खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् । कास्की जिल्ला टेनिस संघले शनिबार बिहान पोखरा रंगशालामा खेलाडीलाई बिदाइ गर्यो ।
पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलाडीहरुलाई शुभकामनासहित बिदाइ गरे ।
एक सातासम्म चल्ने प्रतियोगितामा ३५, ४५, ५५ र ६५ वर्षमाथि एकल तथा डबल्स इभेन्टमा प्रतिस्पर्धा हुनेछ । पोखराका २६ खेलाडीले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस संघका महासचिव नवीन श्रेष्ठले जनाए ।
प्रतियोगितामा हरेक इभेन्टमा प्रथम हुने खेलाडीले आयोजक याक एन्ड यती होटलको तर्फबाट १ लाख २० हजार बराबरको १ वर्षको मेम्बरसिप कार्ड तथा द्वितीय हुने खेलाडीले ६ महिनाको मेम्बरसिप कार्ड पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको गत संस्करणमा कास्कीका ४ खेलाडी दोस्रो बनेका थिए ।








प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
हाफ म्याराथनको उपाधि गुरुङलाई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया