ढिकालेथर सेवा समिति पोखराको साधारण सभा सम्पन्न

पोखरा ।
ढिकालेथर सेवा समिति पोखरा १२ को १४ औं वार्षिक साधारण सभा शनिबार समितिको आफ्नै भवनमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले सामाजिक क्षेत्रमा ढिकालेथर सेवा समितिले उल्लेख्य कामहरु गर्दै आएको बताए । उनले समाज रूपान्तरणमा समेत यस सस्थाले खेलेको भूमिकाप्रति सह्राना गरे ।
समाजका अध्यक्ष गुप्तबहादुर कार्कीको अध्यक्षतामा भएको साधारण सभामा वडा नम्बर १२ का वडा सदस्यहरु गोविन्दप्रसाद सिग्देल, सान्तबहादुर थापा, शान्ति कोइराला, गोमा परियार, संस्थाका सल्लाहाकारहरु मे.रामबहादुर थापा, बल बहादुर कार्की, सामुदायिक प्रहरी सेवा माटेपानीकी उपाध्यक्ष इन्दिरा पन्त, हरिश्चन्द्र सिर्जनशील मञ्चका अध्यक्ष ऋषभदेव बास्तोला, ढिकालेथर आमा समूहकी अध्यक्ष शान्ति आचार्य, समितिका निवर्तमान अध्यक्ष सूर्यबहादुर केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समितिका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठ ले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रोशन श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा समितिमा आवद्ध सदस्यहरुमध्ये ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक सम्मानबाट यस वर्ष चन्द्रकला काफ्लेलाइ दोसल्ला ओढाई सम्मानित गरिएको थियो भने वडा नम्बर १२ का जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया