गण्डकी कांग्रेसले ३० लाखको अक्षय कोष बनाउने

पोखरा ।
नेपाली कांग्रेसमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गर्ने हेतुले नेपाली कांग्रेस गण्डकी समितिले ३० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको बैठक प्रदेशका सभापति शुक्रराज शर्माको सभापतित्वमा आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
आसन्न निर्वाचनमा गण्डकी प्रदेशलाई नेपाली कांग्रेसलाई सबै तहमा जिताउन कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीर छलफल भएको प्रवक्ता माधवप्रसाद बास्तोला ‘मधु’ले जानकारी दिएका छन् ।
भदौ २४ गते बिपी जयन्तिको अवसरमा बिपी स्मृति पुस्तकालय र सूचना सञ्चार तथा प्रचार प्रसार विभागकोे कक्ष समेत उद्घाटन गर्ने निर्णय पनि समितिले गरेको छ ।
केन्द्रीय कार्यालयको परिपत्र अनुसार गण्डकी प्र्रदेशका ११ जिल्लाबाट राय सहित सिफारिस भइ आएका प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक आकांक्षी उम्मेदवार सबैको नामका विषयमा छलफल भएको छ । आकांक्षी सबैको नामावलीमा आवश्यक राय तय गर्न प्रदेशका पदाधिकारीलाई जिम्मा दिने बैठकले निर्णय गरेको प्रवक्ता बास्तोलाले जानकारी दिएका छन् ।
उक्त वैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको माता दमयन्ती भण्डारीको ९६ वर्षको उमेरमा असामयिक निधन भएको हुँदा नेपाली कांग्रेस गण्डकी प्रदेशले गहिरो शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको थियो ।










पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया