केन्ट आरओको दसैं, तिहार अफर
समाधान संवाददाता
२०७९ भदौ २० गते १०:५९

पोखरा ।
सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको इओएल प्रालिले यसपालिको दसैं र तिहारलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । यो नेपालमा केन्ट उत्पादनका लागि एकमात्र आधिकारिक वितरक हो ।
भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहक वर्गले निकै रुचाएको केन्ट आरओले नेपालको सबैभन्दा ठूलो उत्सव दशैं र तिहारलाई चाडपर्व लक्षित गरी ‘स्वास्थ्य १००% शुद्ध पानीसँग मनाउनुहोस्’ भन्ने नारासहित अफर ल्याएको हो । यो अफर अन्तर्गत केन्टका कुनै पनि मोडलको खरिदमा सिजी ब्रान्डको चपर उपहार दिइनेछ । यो योजना ८ असोजबाट नेपालमा सीमित अवधिका लागि लागु हुनेछ ।
केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताका लागि परिचित छन् । केन्ट ब्रान्डका अन्य वाटर प्युरीफायर, एयर प्युरीफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरण÷डिसइन्फेक्टेन्ट र स्मार्ट किचन उपकरण पनि बजारमा उपलब्ध छन् ।
सम्बन्धित








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया