
जोमसोम ।
भारतीय चर्चित आध्यात्मिक सद्गुरु (जग्गी वासुदेव)ले मुस्ताङको घरपझोङ–५ स्थित ढुम्बा तालको अवलोकन गरेका छन् । भारतसहित १० देशका ५१ जना शिष्यसहित मुस्ताङ आएका उनको टोलीले ढुम्बा तालको सोमबार दृष्यावलोकन गरेको श्रोतले जनाएको छ । सद्गुरुले शिष्यलाई ढुम्बातालको किनारमा योगाभ्यास तथा आध्यामिक प्रवचन दिएका छन् ।
ढुम्बातालको प्राकृतिक सौन्दर्यताले आनन्दित तुल्याएको आध्यात्मिक सद्गुरुले बताएका छन् । उनको टोलीले यारुझो भ्युटावर अवलोकन गरेका छन् । त्यहाँ उनीहरुले नाचगान गरी रमाईलो गरेका थिए । भ्यूटावर र ढुम्बातालको अवलोकनपछि सद्गुरुको टोली पून जोमसोम स्थित मोक्ष रिसोर्टमा फर्किएको थियो । पछिल्लो समय मुस्ताङको ढुम्बाताल प्रसिद्ध पर्यटकीय गन्तब्यको रुपमा विकास भइसकेको छ । ढुम्बातालमा स्वदेशी तथा विदेशी चलचित्रहरुको छायांकन भइसकेकाले मुस्ताङ आएका पर्यटक तालको अवलोकन गर्न छुटाउँदैनन ।
उनीहरु आज मंगलबार दिउँसो उपल्लो मुस्ताङको ढाक्मर जाने कार्यक्रम रहेको श्रोतले उल्लेख गरेको छ । भ्रमण टोलीमा भारतका २७, अमेरिकाका १२, नेदरल्याण्ड, चीन र क्यानडाका दुई, लेवनानका, मलेसियाका, रोमानिया, रसिया र नेपालका एकएक जना छन् ।
सद्गुरुको मुस्ताङ भ्रमण दोस्रो हो । २०७६ सालमा कैलास मानसरोवर जाने क्रममा मुस्ताङ पुगेका थिए । उनले गुरुसोङ्वो गुफामा ध्यान गरेका थिए । उनको मुस्ताङमा करिव १ हप्ता बस्ने कार्यक्रम रहेको बताइएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया